७ वैशाख २०८१ शुक्रबार
अर्थ

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

आर्थिक र ब्यवसायिक गतिबिधि बढाउन कपिलवस्तुमा खुकुलोसहित एक साता निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमणको चेन ब्रेक गर्न कपिलवस्तुमा सातौे पटक निषेधाज्ञा थप गरिएको हो। असार ८ देखि असार १४ सम्मका लागि निषेधाज्ञा थपिएको हो।  

जिल्लामा गत वैशाख २१ देखि निषेधाज्ञा जारी छ। प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना ब्यवस्थापन समितिले गरेको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो। प्रशासन, माल र नापी कार्यालयको केही सेवाहरु असार ८ देखि सुरु गर्ने निर्णय गरिएको छ। अन्य सरकारी कार्यालयको सेवा पनि सुरु गरिएको छ। बजारलाई थप खुकुलो पार्दै स्टेस्नरी जुत्ता, कपडा पसल र होलसेल संचालन नर्ग दिइनेछ। यस्तै मोटरसाईकल कार र अटो चलाउन समेत दिइनेछ।  

प्रजिअ चक्रपाणी पाण्डेयले कोरोना भाइरसको दोश्रो भेरियन्टको चेन रोक्नका लागि फेरि एक साता निषेधाज्ञा थपिएको बताए। असार १४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी रहने छ। अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए।  

खाद्यान्न तथा अन्य सरसामान किनमेलका लागि समयावधि दैनिक बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्मको समय तोकिएको छ। बैंकिङ र सरकारी कार्यालय खुला गरिएको छ। सार्वजनिक यातायातमा भने रोक लगाइएको छ। सभा सम्मेलन गोष्ठी हाटेल तथा रेस्टुरेन्ट लगायतका संचालन गर्न रोक लगाइएको छ। तर होम डेलिभरी भने गर्न दिइनेछ।  

जिल्लामा १ सय ७३ सक्रिय संक्रमित छन्। संक्रमितको संख्या घटेसंगै निषेधाज्ञालाई थप खुकुलो पारिएको प्रजिअ चक्रपाणी पाण्डेयले बताए।

प्रकाशित: ८ असार २०७८ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App