८ वैशाख २०८१ शनिबार
अर्थ

वाग्मती प्रदेशः बजेट विनियोजनको विवरण माग

वाग्मती प्रदेश सरकारलाई प्रदेश मामिला समितिले आर्थिक वर्ष २०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ।

समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिनभित्र विवरण पेश गर्न माग गरिएको हो।

सिन्धुपाल्चोकमा गएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेशभित्रका अन्य धेरै ठाँउ पनि जोखिमयुक्त रहेकाले प्राकृतिक विपत्तिको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि विस्तृत विवरण तयार गरी न्यूनीकरणमा प्रदेश सरकारलाई आवश्यक मार्ग दर्शन गर्न विभिन्न उपसमिति गठन गरिएको जानकारी दिए।

यस्तै, समितिले प्रदेशभित्रका नागरिकमा कोभिड–१९ खोपको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्याको तथ्याङ्क माग गर्दै सो सम्बन्धमा पहिलो चरणमा रसुवा, धादिङ र नुवाकोटमा स्थलगत रुपमा विवरण सङ्कलन गर्ने निर्णय गरेको समितिका सचिव त्रिपुरारी बख्रेलले जानकारी दिए।

यस्तै प्रदेशभित्रका सबै जिल्लामा सरकारले गरेको यथार्थ खर्चको विवरण १५ दिनभित्र प्राप्त हुने गरी माग गर्ने निर्णय भएको सचिव बख्रेलले बताए।  

हेटौँडाका अधिकांश पसल खुल्ने

हेटौँडाका अधिकांश पसल बिहान र दिउँसो पालैपालोसँग चल्न पाउने गरी स्थानीय प्रशासनले आजबाट निषेधाज्ञा थप गरेको छ। सवारी साधन पनि जोरबिजोर गरेर सञ्चालन गर्न दिने तर निषेधाज्ञा भने एक साता थप गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्णय गरेको छ।  

बैठकले फलफूल, खाद्यान्न र तरकारी पसल बिहान ४ः०० देखि दिउँसो १२ः०० बजेसम्म र हार्डवेयर, कपडा, जुत्ता र कस्मेटिक पसल दिउँसो १२ः०० देखि ४ः०० बजेसम्म खुलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। समय निर्धारण गरी पसल खुल्ने, गाडी चल्ने गरी फेरि पनि खुकुलो लकडाउन कायमै गरी निषेधाज्ञा थप गरिएको हो। रासस

प्रकाशित: ७ असार २०७८ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App