८ वैशाख २०८१ शनिबार
अर्थ

एक्सपर्ट फाउन्डेसनबाट अक्सिजन कन्सन्ट्रेटर

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले इटहरी उपमहानगरपालिकालाई तीन थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।  

आइतबार इटहरी अस्पतालमा फाउन्डेसनका अध्यक्ष रोसन कँडेलले ती सामग्री हस्तान्तरण गरेका हुन्। अध्यक्ष कँडेलले इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीलाई सामग्री हस्तान्तरण गरे। संस्थाले इटहरी अस्पतालमा प्रयोग गर्न सामग्री प्रदान गरेको हो।  

एक्सपर्ट फाउन्डेसनले इटहरी उपमहानगरसँगै देशभर नै आवश्यक मात्रामा अस्पतलाहरूलाई विभिन्न मात्रामा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने अध्यक्ष कँडेलले जानकारी दिए।

एक महिनाअघि नै यी सामान संस्थाले आयात गरको भए पनि विभिन्न कारणले वितरणमा ढिलाइ भएको उनले जानकारी दिए। संस्थाका प्रतिनिधिले देश भरका विभिन्न अस्पताल र स्थानीय तहहरूमा अनुगमन गरेको र त्यसपछि आवश्यकता महसुस भएका अस्पताल र स्थानीय तहलाई सहयोग गरेको कँडेलले बताए। ‘हाम्रा १५ देशमा पाँच सयभन्दा बढी कर्मचारी छन्,’ उनले भने, ‘तिनै कर्मचारी र हाम्रो व्यवस्थापन तहमा रहेका साथीहरूको तलबबाट केही रकम कटाएर सहयोग गरेका हौं।’

प्रकाशित: ७ असार २०७८ ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App