coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रुडेन्सियल इन्स्योरेन्सको सभा

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।

कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सभाबाट आठ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पारित भएको छ। साबिक एक अर्ब दुई करोड ६४ लाख ३२ हजार चुक्ता पुँजीबाट बोनस सेयरपछि कम्पनीको चुक्तापुँजी एक अर्ब १० करोड ८५ लाख ४६ हजार पाँच सय ६० हुने बताइएको छ। 

सभाले कम्पनीको संस्थापक समूह ख अन्तर्गत दुईजना सञ्चालकमा शैलेष संघई र अनिता रायमाझी टण्डनलाई निर्विरोध निर्वाचित गरेको छ।

प्रकाशित: ७ असार २०७८ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App