coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कर बुझाउने म्याद थप, असार २५ सम्म बुझाउन सकिने

सरकारले कर दाखिला गर्ने म्याद थप गरेको छ।

अर्थ मन्त्रालयमा आज बसेको बैठकले कर बुझाउने म्याद थप गरेको हो।

कोभिड १९  संक्रमणको रोकथाम र नियन्त्रणको क्रममा जिल्लामा जारी निषेधाज्ञाको कारण तोकिएको समयमा बुझाउनुपर्ने कर बुझाउन नपाएका करदाताको सहजताका लागि असार २५ गतेसम्मको म्याद थप गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ।

विभागले सूचना जारी गरी सोको जानकारी दिएको हो। विभागका अनुासर मूल्य अभिवृद्धि कर, आय कर, अन्तः शुल्क कर, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्नका लागि असार २५ सम्मको समयावधि तोकिएको छ।

प्रकाशित: २ असार २०७८ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App