६ वैशाख २०८१ बिहीबार
अर्थ

सुदूरपश्चिममा ३० अर्ब ३३ करोडको बजेट

स्वास्थ्य,कृषि र पूर्वाधारलाई प्राथमिकता

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री  प्रकाश बहादुर शाहले आर्थिक वर्ष २०७८/०७९ का लागि मंगलबार प्रदेश सभाको बैठकमा ३०अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका छन् । यो बजेट गत चालु आर्थिक वर्षको भन्दा ३ अर्ब कम रहेको छ ।

चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार अर्थात ३५.१ प्रतिशत विनियोजन गरिएको छ । यस्तै पूँजीगतर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो ५८.२ प्रतिशत रहेको छ । प्रदेश सरकारले अन्तर सरकारी वित्त  हस्तान्तरण अन्तर्गत १ अर्ब ७२ करोड ४५लाख अर्थात् ५ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३० करोड अर्थात् १ प्रतिशत विनियोजन गरिएको छ ।

प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री शाहले  आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व परिचालन बाट १ अर्ब ८ करोड ३ लाख २२ हजार, नेपाल सरकार राजस्व वाडफाँट भई प्राप्त हुने अनुमानित रकम ७ अर्ब ९२ करोड ९१ लाख, संघीय रोयल्टी वाडफाँट भई प्राप्त हुने ३ करोड ९४ लाख ६३ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ८ अर्ब ५४ करोड ४० लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने ६ अर्ब ६८ करोड ३० लाख ६१ हजार, सशर्त अनुदानबाट प्राप्त ४ अर्ब १९ करोड ३३ लाख, संघीय सरकार सरकारबाट समपुरक अनुदानबाट प्राप्त हुने १ अर्ब २२ करोड ९४ लाख, विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ६१ करोड ३५ लाख र विकास साझेदारहरुबाट २ करोड ४६ लाख १० हजार अनुमान गरेको मन्त्री शाहले बताएका छन् ।

प्रदेशको अर्थतन्त्रमा सुधार भएर ६.३ प्रतिशतको आर्थिक वृद्धिको अपेक्षा बजेटमा गरिएको छ । बजेटमा श्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । भने यसैगरी शिक्षा, पर्यटन, उद्योग, जडीबुटी, ऊर्जा, स्वास्थ्य, शिक्षा, स्वरोजगार कार्यक्रम र सामाजिक न्याय स्थापना कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।  बजेटमा विगतका बजेटमा प्रस्तुत भएर कार्यान्वयन नभएका महत्वपुर्ण योजनालाई पनि निरन्तरता दिइएको छ ।

प्रकाशित: १ असार २०७८ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App