८ वैशाख २०८१ शनिबार
अर्थ

दश वर्षपछि बल्ल बन्यो कमला नदीमा पक्की पुल

यहाँको कमला नदीमा सुरुवात भएको १० वर्षपछि पक्की पुल निर्माण सम्पन्न भएको छ ।  मदन भण्डारी (चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक) राजमार्ग अन्तर्गत दुधौली नगरपालिकास्थित हत्पते र निपाने जोड्ने गरि निर्माणाधिन रहेको १० वर्षमा कमला नदीमा पक्की पुल निर्माण सम्पन्न भएको हो ।  

पुल निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रकसनले अलपत्र पारेपछि पप्पुलाई हटाएर जेभिमासँगै काम गरेको लुम्बिनी कन्ट्रक्सनलाई जिम्मा दिएसँगै पुल निर्माण कार्य सम्पन्न भएको हो । लामो समयदेखि अलपत्र परेको पुल निर्माण सम्पन्न भएपनि हाल निर्माण भइरहेको मदन भण्डारी राजमार्गमा निर्माण भएका अन्य पुल भन्दा कमलामा बनेको पुलको चौडाई साघुरो छ । दश वर्ष अगाडि पुल आयोजनाले बनाएकै स्टमेटमा मदन भण्डारी राजमार्ग आयोजनाबाट काम भएकाले अन्य पुल भन्दा निकै साघुरो चौडा भएको पुल बनेको स्थानीय बताउँछन् । लामो समयदेखि अलपत्र पुल निर्माण सम्पन्न भएपनि राजमार्गमा बनेका अन्य पुल भन्दा निकै साघुरो बनेको छ । मदन भण्डारी राजमार्ग आयोजनाको पूर्वी खण्ड आयोजनाका ईन्जिनियर तथा सूचना अधिकारी शंकर पौडेलका अनुसार हाल निर्माण भएको राजमार्गम बनेका पुल सवारी गुड्ने भाग र पैदल हिड्ने किनारको भाग गरि ११ मिटर चौडाइको पुल निर्माण भएका छन् तर कमलामा लामो समयदेखि अलपत्र परि हाल निर्माण सम्पन्न भएको कमला पुलको चौडाई  दायावायाँ पैदल हिड्ने भाग सहित सात मिटर २० सेन्टिमिटर  चौडाईको मात्रै छ । 

सडक आयोजनाका अनुसार पप्पु कन्ट्रकसनले २०६८ सालमा सम्झौता गरि दुधौली नगरपालिकाको वडा नं. २ र ३ लाई जोडने गरी कमला नदीमा पक्कि पुल निर्माण सुरु भएको थियो । तर आधा पनि काम नगरी पप्पुले अलपत्र अवस्थामा छाडेपछि जेभि (साझेदार)मा सँगै काम गरेको लुम्बिनी कन्ट्रकसनले गत वर्ष माघ महिनामा जिम्मा लिएर बाँकी काम सुरु गरेको थियो । कुल ५ सय ४६ मिटर लम्बाई रहेको १४ वटा स्पानको उक्त पुलको सबै काम अहिले सम्पन्न भइसकेको छ तर पुल अन्य पुलको तुलनामा निकै साघुरो रहेको छ । पुरानै स्टमेटमा मदनभण्डारी राजमार्ग आयोजनाले निर्माण सम्पन्न गरेकाले साघुरो पुल बनेको आयोजनाले जनाएको छ ।  आयोजनाका अनुसार करिब ३१ करोड रुपैया लागतमा उक्त पुल निर्माण सुरु भएको थियो । पुल निर्माणको ठेक्का पप्पु–लुम्बीनी जेभिले पाए पनि उक्त कम्पनिको ठेकेदारको आन्तरिक सहमति अनुसार पुल निर्माणको काम पप्पुलै मात्रै निर्माण सुरु गरेको थियो । २०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पप्पु लुम्वीनी जेभिले २०६८ असार ३१ गते सम्झौता गरी पुल निर्माण सुरु गरेका थिए । पप्पुले तोकिएको समयमा पुल निर्माण नसकेपछि २०७४ साउन १४ सम्म म्याद भएको थियो । सो समयमा पनि पप्पुले आधा पनि काम नगरी पुल निर्माण कार्य अलपत्र अवस्थामा छाडेपछि सडक आयोजनाले पप्पुलाई हटाएर जेभिमा रहेको लुम्बीनीलाई जिम्ममा दिएको हो ।  

पुल निर्माणको काम सकिएको निर्माण कम्पनीले जनाएको छ । पुलमा रङरोगन पनि सकिएको छ, हामी एक हप्ता भित्र पुल सुचारु गर्नेछौ, आयोजनाका इन्जिनियर पौडेलले भने, मदनभण्डारी राजमार्गको ठेक्का लाग्नु भन्दा अगावै ठेक्का लागेर अलपत्र रहेको पुल निर्माण भएकाले केहि साघुरो भएको हो, अब कमलानदीमा राजमार्गको अर्को छुट्टै पुल बन्दैन यहि नै हो । कमला नदीमा उक्त पुल निर्माण कार्य सकिएको र अब पूलको दायाँबायाँ गरी पाँच सय मिटर सडक मात्रै पिच (कालोपत्रे) गर्न बाँकी रहेकोे लुम्बिनी कन्ट्रक्सनका ठेकेदार शंकर राउतले बताए । 

उनका अनुसार  सडक पिच गर्ने कार्य पनि हालसम्म सम्पन्न भइसक्ने थियो दैनिक बर्षा भइरहेकाले केहि ढिलो भएको हो । निर्माण कम्पनीले २०७७ पुस महिनासम्ममा पुल निर्माण कार्य सक्ने योजना  भएपनि लकडाउनका कारण निर्माण सामग्री झार्न नपाएर काम तोकिएको समयमा सिध्याउन नपाएको बताए ।  ‘पुल निर्माणको सबै काम सकेर अहिले रङगरोगन गर्ने कार्य समेत सकिएको छ, उनले भने अब करिब सबै काम सम्पन्न भइसक्यो । लामो समयदेखि अलपत्र पुल निर्माण सम्पन्न भएसँगै स्थनिय खुसी भएको दुधौली नगरपालिका वडा नं. १ का वडाअध्यक्ष गोबिन्द पहाडी बताउछन् । बर्षेनी कमला नदी पार गर्ने क्रममा मान्छेले ज्यान गुमाउदै आएका थिए अब त्यो समस्या समाप्त भयो, उनले भने, हामी खुसी छौ, तर राजमार्गको मापदण्ड अनुसारको पुल बनेन साघुरो बनेको छ ।  

प्रकाशित: ३१ जेष्ठ २०७८ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App