७ वैशाख २०८१ शुक्रबार
अर्थ

इन्डोरो राइडर ग्रुपको सहयोग

भक्तपुर इन्डोरो राइडर ग्रुपले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि ५६ हजार २५ रूपैयाँ सहयोग गरेको छ। भक्तपुर नगरपालिका वडा नं २ दरबार स्क्वायरस्थित भक्तपुर इन्डोरो राइडर ग्रुपले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई उक्त रकम हस्तान्तरण गरेको छ।  

नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा आइसोलेसन केन्द्र र एचडियू सञ्चालनका लागि अक्सिजन प्लान्ट तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न नगरपालिकाबाट सञ्चालित प्रकोप व्यवस्थापन कोषमा राख्न उक्त रकम हस्तान्तरण गरिएको हो।  

समूहका तर्फबाट सदस्यहरू साजन लघु, कृतन अवाल र विजु श्रेष्ठले उक्त रकम हस्तान्तरण गरे। भक्तपुर इन्डोरो राइडर ग्रुप भक्तपुरका अफरोड राइडरहरूको समूह हो। उक्त ग्रुपले समयसमयमा साहसिक मोटरसाइकल राइडिङको आयोजना गरी नेपालको गाउँठाउँको पर्यटन प्रवद्र्धन गर्दै आएको छ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App