८ वैशाख २०८१ शनिबार
अर्थ

सिटिजन्स बैंकको विशेष सभा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौं विशेष साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा सभा सम्पन्न भएको बैंकले जनाएकोे छ।  

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष भण्डारीले सिर्जना फाइनान्स लिमिटेडललाई प्राप्ति गर्नका लागि गरेको विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सभाले सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रको अनुमोदन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। सिर्जना फाइनान्स लिमिटेडको सय कित्ता सेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ।  

प्राप्तिपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब एक खर्ब ३८ अर्ब रूपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब एक खर्ब २२ अर्ब रूपैयाँ हुनेछ। प्राप्तिपश्चात बैंकको शाखा एक सय ८९ हुनेछ। बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रूपैयाँ रहेकोमा प्राप्तिपछि १२ अर्ब ५८ करोड रूपैयाँ हुनेछ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App