coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गिट्टी–बालुवाको निकासी गर्ने निर्णय फिर्ता लिन माग

फाइल तस्बिर

ट्रान्सरेन्सी इन्टरनेशनल नेपालले आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको  बुँदा नं १९९ फिर्ता लिन सरकारसँग माग गरेको छ । सो बुँदामा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । ’ भन्ने उल्लेख छ ।  उल्लेखित विषयमा आफ्नो ध्यानआकृष्ट भएको जनाउँदै सो सस्थाले आज यहाँ विज्ञप्ति प्रकाशित गरी सो माग गरेको हो ।  

‘यस बुँदाका सम्बन्धमा विभिन्न विज्ञहरूले विभिन्न सञ्चारमाध्यमबाट चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवा दोहन कार्यले त्यस क्षेत्रमात्र नभै नेपालको सम्पूर्ण तराई क्षेत्रमा नै वातावरणीय समस्या आउने र यसले जलवायुमा पनि प्रतिकूल असर पुु¥याई डरलाग्दो बाढीपहिरो र तराईका खेत कटानसमेतको जोखिम बढाउने, तापक्रम बढाउने, बालुवा बगाई तराईको उर्बरभूमिलाई बन्जर अर्थात् मरुभूमीकरण गर्ने र अन्ततः यस दोहन कार्यले पर्यावरणीय इकोसिस्टम र जैविक विविधतामा नै प्रतिकूल प्रभाव पार्ने कुराहरू आएका छन् । चुरे दोहनले नेपाललाई मात्रै होइन, छिमेकी देश भारतको गंगा बेसिन क्षेत्रमा समेत नकारात्मक असर पु¥याउन सक्ने देखिन्छ,’ ट्रान्सरेन्सी इन्टरनेशनलका अध्यक्ष पद्मिनी प्रधानाङ्गद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ । 

चुरेको खोंच र भावर क्षेत्रमा अवैध र अनियन्त्रित हिसाबले चलेका क्रसर उद्योगहरूबाट अत्यधिक दोहन भइ मुलुकको पर्यावरण बिग्रिएको पनि विज्ञप्तिमा जनाइएको छ । रासस 

प्रकाशित: २७ जेष्ठ २०७८ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App