७ वैशाख २०८१ शुक्रबार
अर्थ

निषेधाज्ञाले लिची बिक्री नहुँदा किसान समस्यामा

पाल्पाको रम्भा गाउँपालिकामा फलेको लिची। तस्बिर: मुक्ति/नागरिक

निषेधाज्ञाका कारण लिची बिक्रि नहुँदा किसान समस्यामा परेका छन्। पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन हुँदै आएको भएता पनि निषेधाज्ञाका कारण लिची बिक्रि हुन नसकेको हो। लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा लिची खेती गरेका किसानहरु समस्यामा परेका छन्।

राम्रो आम्दानी दिने लोभमा खेत तथा बारीमा लगाएको लिची झरेर कुहिन थालेपछि समस्या थपिएको कृषक कृष्णबहादुर कोइरालाले बताए। गत वर्ष पनि लिची बेच्न पाइएन यो वर्ष पनि यस्तै भयो, कृषक कोइरालाले भने, लिची खेती गर्दा वर्षमा एक पटकमात्र उत्पादन हुने हो, झण्डै चार क्विन्टल लिची ब्रिक्री नभएपछि बोटमै कुहिएर झर्न थालेको छ। उनले बुटवलका व्यापारीकोमा पुर्याउन सके लिचीको माग उच्च रहेको तर यसतर्फ गाउँपालिकाको ध्यान नपुगेको बताए।

दुइ वर्ष अगाडी यस क्षेत्रको लिचीलाई प्रतिकिलो ७० रुपैयाँमा बोटबाट नै खरिद हुँदै आएको थियो। पाल्पाको हुगीमा उत्पादन हुने लिची पोखरा, स्याङ्जा, रुपन्देही र पाल्पाको स्थानीय बजारमा खपत हुँदै आएकोमा निषेधाज्ञाका कारण बजार पुर्याउन समस्या भएको हो। 

कृषक शान्ति सापकोटाले वर्षभरिको मेहनत गरेर फलाएको लिचीले बजार नपाउँदा समस्या परेको गुनासो गरिन्। पहाडी जिल्ला पाल्पाको हुगीमा उत्पादित लिची नेपालको उत्कृष्ट रहेको यहाँका किसानको दाबी छ। हुगीमा उत्पादित लिचीको दाना ९बियाँ० सानो हुने र लिचीको सेतो भाग बाक्लो, रसिलो हुने भएकाले यहाँको लिचीको बजार राम्रो रहेको लिची व्यवसायीहरू बताउँछन्।

कालीगण्डकी कोरिडर विस्तार भएपछि यहाँका किसान यातायातको पहुँचमा छन्। तर बजार पुर्याउनका लागि गाउँपालिकाले यथोचित् पहल नगरेको कृषक हरिकुमारी न्यौपानेले बताइन्। रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले कोरोना महामारीका कारण लिची बिक्रि गर्न किसानलाई समस्या परेको बताए। ‘किसानको लिची बिक्री होस् भनेर पहिरोका कारण रोकिएको बाटो खोलेर भोलीबाट कृषि एम्बुलेन्स चलाउँदैछौं, अध्यक्ष भण्डारीले भने, उपहार सामाजिक उद्यमी महिला समूहबाट एम्बुलेन्स चल्छ।  

किसानले बाहिरको तरकारी फलफूलभन्दा आफ्नै क्षेत्रमा उत्पादन भएकोलाई खरीदबिक्रि गर्न सक्नुहुन्छ।’ उनले भने कृषकहरुले अलिअलि गरेर बिक्रि गर्दै हुनुहुन्छ। धेरै ग्रुपमा व्यापारीहरु आउँदा समस्या पनि नहोस् भनेर हामी सचेत गराएका छौं। लिची खेतीबाट वार्षिक ५० हजारदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने यस गाउँपालिका क्षेत्रमा दुई दर्जन बढी किसान रहेका छन्। समतल र गर्मी मौसममा लिची राम्रो हुने गर्दछ।

प्रकाशित: २४ जेष्ठ २०७८ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App