७ वैशाख २०८१ शुक्रबार
अर्थ

अक्सिजनका लागि ७ लाख संकलन

‘दैलेखको लागि अक्सिजन’ अभियानमा ७ लाख २१ हजार ७ सय ६२ रुपैयाँ संकलन भएको छ।

जिल्लामा अक्सिजन ग्यास उपलब्ध गराउने उद्देश्यले अभियन्ता ओम रिजाल र मिना थापाले आर्थिक संकलन गरेका हुन्। विशुद्ध सेवाभावले चलाइएको अभियान भएकाले उठेको पैसाले अक्सिजन ग्यास, अक्सिजन कन्सन्ट्रेटर मेशिन लगायतका स्वास्थ्य सामग्री व्यवस्थापन गर्न राजनितिक दल, नागरिक समाज, प्रशासन लगायतलाई अनुरोध गरिने अभियन्ता ओम रिजालले भने।

दैलेखमा अक्सिजन अभाव नहोस् भनेर अभियन्ताहरु ऋभियान चलाइरहेका छन्। अक्सिजन सिलिन्डर संकलन भइरहेको छ। अर्का अभियन्ता मिना थापाले भनिन्, हाईफलो अक्सिजन कन्सन्ट्रेटर  मेशिन ल्याउने तयारीमा छौं।’ यसअघि अभियन्ता नन्दकिशोर बस्नेतले १५ थान सिलिन्डर दैलेख पुर्याएका थिए।

त्यस्तै नेपाल पत्रकार महासंघले पनि अक्सिजन अभाव हुन नदिनका लागि कम्तिमा एकसय रुपैयाँ अभियान चलाएको छ। यो अभियानमा जोडिन चाहने तर, आर्थिक अभाव भएकाहरुले एकसय रुपैयाँदेखि माथि दिन सक्ने उद्देश्य रहेको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताए।

त्यस्तै दैलेखी युथले पनि अक्सिजन सिलिन्डर उपलब्ध गराउन १ हजार अभियान चलाएको यूथका अध्यक्ष प्रेम शाहीले बताए।

प्रकाशित: ३ जेष्ठ २०७८ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App