८ वैशाख २०८१ शनिबार
अर्थ

कालीमाटी तरकारी बजारमा होलसेल बाहेक सबै कारोबार बन्द

कोभिड-१९को संक्रमण बढ्दै गए पछि उपत्यकाको कालीमाटी तरकारी तथा फलफूल बजारमा खुद्रा तरकारी तथा फलफूल बिक्री वितरणमा रोक लगाइएको छ। खुद्रा बिक्री गर्दा मान्छेहरुको भिडभाडका कारण कोरोना संक्रमण फैलिन सक्ने भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२८गते) देखि कृषक बजार बन्द गर्ने निर्णय गरेको छ।

३० गतेदेखि कालीमाटी परिसर भित्रका होलसेल बाहेक सबै खुद्रा कारोबार रोक लगाउने जनाएको छ। उपत्यकाका अधिकांश ठाउँमा कालीमाटीबाट फलफूल तथा तरकारी बिक्री वितरण हुने गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको लकडाउन अवधिभरका लागि खुल्ला बजार र थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबारलाई बन्द गरेको समितिका कार्यकारी निर्देशक बिनोद कुमार भट्टराईले जानकारी दिए। समितिले आज (२८ गते )देखि लागू हुने गरी कृषि बजार, २९ गतेबाट थोक बजारमा हुने सबै खुद्रा कारोबार र ३० गतेदेखि लागु हुने गरी खुद्रा बजार बन्द गर्ने निर्णय गरेको छ।  

थोक बजारमा प्याकेजिड गरेर सामान बिक्री वितरण गर्न भने रोक नलगाएको समितिले जनाएको छ । व्यापारीले एक वटा थोक पसलमा अधिकतम दुई जना मात्र बसी सामाजिक दुरी कायम गरेर सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कारोबार गर्न सक्ने व्यवस्था मिलाएको छ। ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड र होल्डिड यार्डबाट कारोबार गर्न सक्नेछन्। कालीमाटी तरकारी बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेश गर्न रोक लगाइएको छ।

प्रकाशित: २८ वैशाख २०७८ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App