१६ चैत्र २०८० शुक्रबार
अर्थ

रौतहटमा काेराेना संक्रमणः हाटबजार धमाधम बन्द गर्दै पालिका

जिल्लामा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको देखेर रौतहटका विभिन्न पालिकाहरुले हाटबजार धमाधम बन्द गर्न थालेका छन् । भीडभाड नगर्न बारम्बार सम्बन्धित निकायले आग्रह गरिरहेको भए पनि हाटबजारको कारणले भीडभाड रोकिएको थिएन । हाटबजारमा सामाजिक तथा भौतिक दूरी अपनाउन नसकिएको तथा मास्कको प्रयोग पनि गरिएको नपाइएकोले बाध्य भएर हाटबजार लगाउन रोकिएको पालिकाहरुले जनाएका छन् ।  

रौतहटको सदरमुकाम गौर, कटहरिया, गरुडा तथा गढीमाई नगरपालिकाले हाट बजार बन्द गरिदिएका छन् । चार पािलकामा कम्तीमा दुई दर्जन हाटबजार बन्द गरिएका छन् । हप्ताको दुई दिन मुख्य गरी ठूला हाटबजार अधिकांश पालिकामा लाग्ने गर्दछन् । गौरमा लाग्ने दैनिक हाटबजारका साथै गरुडा, समनपुर र कटहरियाको हाटबजार जिल्लाका प्रमुख हाटहरु हुन् । जिल्लाका प्रमुख हाटबजारमा रोक लागेपछि केहीले असन्तुष्टि पनि जनाएका छन् ।  

जिल्लाका प्रमुख व्यापारिक केन्द्रका हाटबजारमा रोक लागेपछि बिहानैदेखि प्रहरीले हाटबजार रोक्न लागिपरेका थिए । हाटबजारमा आउने क्रेतालाई प्रहरीले सम्बन्धित ठाउँमा बस्न नदिएर अन्यत्र सारेका थिए । हाटबजारमा बस्न नपाएपछि सामान लिएर आएका क्रेताहरुलाई निकै अप्ठ्यारो भएको थियो । आफूहरुले कुनै जानकारी नै नपाएको गुनासो व्यापारीहरुको रहेको छ ।  

कोरोना संक्रमणलाई मध्यनजर गर्दै हाटबजारमा रोक लगाएको तथा कार्यालयमा पनि अत्यावश्यक कामबाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले जानकारी गराएका छन् ।

प्रकाशित: २१ वैशाख २०७८ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App