coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पाँच कम्पनीलाई विशिष्टीकृत लगानी कोषको अनुमति दिइँदै

धितोपत्र बोर्डले पाँचवटा कम्पनीलाई विशिष्टीकृत लगानी कोषको स्थापना र सञ्चालन गर्ने कोष व्यवस्थापकको रूपमा काम गर्न आवश्यक पर्ने पूर्वाधार तयार गर्न भनेको छ। विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोषको स्थापना र सञ्चालन अनुमतिपत्रका बोर्डमा नौ संगठित संस्थाले आवेदन दिएका थिए। 

तीमध्ये ग्लोबल इक्विटी फन्ड प्रालि, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआइबिएल एस क्यापिटल लिमिटेड, एनआइसी एसिया क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडलाई कोष व्यवस्थापकको रूपमा अनुमतिका लागि आवश्यक पूर्वाधार तयार गर्न अह्राएको बोर्डले जनाएको छ।  

नेपालमा पहिलोपटक विशिष्टीकृत लगानी कोष स्थापना तथा सञ्चालन गर्न यस्ता कोष व्यवस्थापकलाई अनुमति प्रदान गर्न लागिएको बोर्डको भनाइ छ। नेपालको पुँजी बजारमा हाल सेयर, डिबेन्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पुँजी परिचालनको नयाँ वैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पुँजी परिचालन हुने, निजी क्षेत्रको स्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्व वृद्धि भई धितोपत्र बजारमार्फत अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७८ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App