७ वैशाख २०८१ शुक्रबार
अर्थ

रसुवामा साढे ११ हजारलाई तेस्रो किस्ता

रसुवामा ६ वर्षमा साढे ११ हजार लाभग्राहीले तेस्रो किस्ता बुझेका छन्। जिल्लामा भूकम्पले १२ हजार ९ सय १८ घर क्षति भएको थियो। तीमध्ये ११ हजार ४ सय २३ लाभग्राहीले तेस्रो किस्ता बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ। यो कुल लाभग्राहीमध्ये ८८.४२ प्रतिशत हो।  जिल्लामा रहेका लाभग्राहीमध्ये १२ हजार ३ सय ४७ ले पहिलो किस्ता १२ हजार ४८ ले दोस्रो किस्ता बुझेका छन्। भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि १४ सय ९५ ले अझै तेस्रो किस्ता लिएका छैनन्। 

कतिपय भूकम्पपीडितले पहिलो किस्ता बापत ५० हजार रुपियाँ लिएर पनि घरको जग हाल्न नसकी घरखर्चमै सकाएका थिए। यस्तो समस्या भएका परिवार भने अधिकांश भूमिहीन र निम्न वर्गका छन्। उनीहरूसँग सामान खरिद गरी ल्याउन सक्ने पैसा थिएन। ५० हजार रुयैयाँले सबै सामान आउने अवस्था भएन। यसो हुँदा पहिलो किस्ता बापत पैसा लिएका कतिपय परिवारले ६ वर्ष बितिसक्दा पनि अहिलेसम्म घर उभ्याउन सकेका छैनन्।

अनुदानको रकम अन्तै खर्च गर्ने र आर्थिक अभावका कारण जिल्लामा घर बनाउन नसक्ने ३ सयभन्दा बढी परिवार छन्। विस्थापितको स्थानान्तरणमा झन् ठूलो समस्या देखिन्छ। केही मानिससँग र बनाउने जमिन नभएको कारण, विस्थापित भएको कारण र आफ्नो थप लगानी गरी सामान खरिद गर्न तथा ज्यालादारीमा मानिसहरू लगाउन नसकेको कारण समस्या आएको हो। 

उनीहरू घर बनाउन नसकि त्यसै टहरोमा बसोबास गरिरहेका छन्। भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ हुनुमा धेरै कारण छन्। धेरैजसो समस्या सरकारले बनाएको नीतिले सिर्जना गरेको छ। केही समस्या स्थानीय स्तरबाटै सिर्जना भएको छ। स्थानीय सरकार भएपछि जनताको घर बनाउने कार्यमा सहज र सुलभ होला भनेको त्यतातर्फ खासै ध्यान नदिएको जस्तो देखिन्छ।  

प्रकाशित: २० वैशाख २०७८ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App