७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुनसरीमा होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसको दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिरहेका बेला मदिरा प्रेमीहरुका लागि खोलिने होटल तथा रेष्टुरेन्ट सुनसरीमा बन्द गर्ने निर्णय गरिएको छ। महामारीका बेला पनि धरान र इटहरीमा थुप्रै होटल तथा रेष्टुरेन्टमा मदिरा प्रेमीलाईं राखेर खुवाउने गरेकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइतबारदेखि बन्द गर्ने निर्णय गरिएको हो।  

‘धरान र इटहरी क्षेत्रमा मदिरा विक्री गर्ने होटल तथा रेष्टुरेन्टले अहिले पनि बाक्लो जमघट गरि मदिरा प्रेमीका लागि खुल्ला गर्ने गरेकाले गर्दा बन्द गर्ने निर्णय गरेका हौ,’ सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेष पोखरेलले भने, ‘मदिरा विक्री गर्ने होटल तथा रेष्टुरेन्टले प्याकिङ् सेवा भने दिन सक्नेछन्।’ प्याकिङ् सेवा सञ्चालनमा भने कुनै अवरोध नहुने प्रशासने जनायो। सुनसरीमा शुक्रबार मध्य राति १२ बजेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।  

प्रशासन कार्यालयले पूर्व पश्चिम र कोशी राजमार्ग आसपासका अन्यत्र जिल्लाबाट कुनै काम विशेषले आउने पाहुना र सुनसरी हुँदै बाहिर जानेका लागि खाना खुवाउनसँगै बास बस्नका भने बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होटल तथा रेष्टुरेन्ट खुल्ला गर्ने भएको छ।    

कोरोना महामारीका बेला होटल र रेष्टुरेन्टसँगै घरेलु मदिरा विक्री गर्ने स्थानमा पनि कडाईं र निगरानी गर्ने भएको छ। ‘रक्सी पिएपछि जसले पनि हुल हुज्जत गर्न खोज्छन्,’ सहायक प्रजिअ पोखरेलले भने, ‘कोरोना महामारी रहुन्जेल जिल्लाभर पूरा कडाई गरिनेछ ।’  

सुनसरीको मुख्य बजार क्षेत्रबाहेक भारतीय सीमावर्ती क्षेत्रमा पनि थुप्रै घरेलु मदिरा पसल सञ्चालनमा छन्। ती पसलमा पनि पुरै निगरानी बढाइने भएको छ। रक्सी पिउनका लागि सहज अवस्थामा भारतीय नागरिक ठूलो संख्यामा नेपाल आउने भएकाले सीमावर्ती क्षेत्रमा थुप्रै घरेलु मदिरा पसल छन्। अहिले भारतीय नागरिक नआएपनि भारतबाट ठूलो संख्यामा कामदार नेपाल फर्केकाले तिनीहरु साथीभाईं रमाईलो गर्न मदिराको बहानामा जमघट हुने हुँदा निगरानी गरिने भएको हो।  

भारत–नेपालको सीमा छुट्याउनका लागि सीमास्तम्भ आसपासको १० गजा क्षेत्रभन्दा डेढ सय मिटर आसपासका क्षेत्रमा रक्सी विक्री गर्ने थुप्रै पसल छन्।

प्रकाशित: १९ वैशाख २०७८ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App