९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

बैज्ञानिक बनको करोडौ मुल्यको काठ जङगलमै अलपत्र

फाइल तस्बिर

बैज्ञानिक बन व्यवस्थापन भन्दै काटिएको काठ नउठ्दा सिन्धुलीमा करोडौ मुल्य बराबरको काठ अलपत्र भएको छ। बैज्ञानिक बन व्यवस्थापनका नाममा अबैध कटान गरिएको भन्दै बैज्ञानिक बन व्यवस्थापन खारेज गरि काठ निर्यातलाई बन्द गरेसँगै जिल्लाका सामुदायिक बनमा काटिएका करोडौ मुल्य बराबरको काठ जङगलमै अलपत्र अवस्थामा रहेको हो।

डिभिजन बन कार्यालय सिन्धुली र डिभिजन बन कार्यालय मरिणमा गरि सिन्धुली जिल्लामा तीन लाख बढी क्यूफिट काठ अलपत्र अवस्थामा रहेको छ। डिभिजन बन कार्यालय सिन्धुलीका सुचना अधिकारी तथा सहायक बन अधिकृत संघर्ष सक्षम मिश्रका अनुसार डिभिजन बन कार्यालय सिन्धुलीमाढी अन्र्तगत १ लाख १ हजार तीन सय १३  क्यूफिट काठ  जङगलमै रहेको छ।

बैज्ञानिक बन व्यवस्थापन लागु भएका ३८ ओटा सामुदायिक बनको उक्त काठ अलपत्र रहेको कार्यालयले जनाएको छ । सरकारले बैज्ञानिक बन परियोजनानै खारेज भएपछि काठ निकासी झन् जटिल बनेको भन्दै डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख थिरबहादुर कार्कीले भने, अनुसन्धानकै दायरामा सिन्धुली रहेकाले तत्काल काठ उठ्ने संम्भावना देखिदैन। कार्यविधि अनुसार काम नभएको र अनैतिक रुपमा काठ कटान भएको भन्दै संसदिय लेखा समितिले छानबिन गरेको गरेको थियो।

जिल्लास्थित केहि सामुदायिक बनमा गरिएको त्रुटिलाई लिएर सरकारले बैज्ञानिक बन व्यवस्थापन परियोजनानै खारेज गरि काठ अलपत्र पारेको भन्दै सामुदायिक बन उपभोक्ता महासंघले आपत्ति जनाएको छ। तत्काल काठ खुलाउनुपर्ने उनिहरुले माग गरेका छन। डिभिजन बन कार्यालय मरिणमा पनि ४३ ओटा सामुदायिक बनमा बैज्ञानिक बन व्यवस्थापन परियोजना लागु गरि काठ कटान भएको थियो। 

४३ ओटा मध्ये २७ ओटा सामुदायिक बनमा रहेको काठ नापजाँच भएको छ, डिभिजन बन कार्यालय मरिणका सुचना अधिकारी अभिमन्यू केसीले भने जसमा १ लाख १० हजार ६ सय १६ क्यूफिट काठ घाटगद्धी गरेर राखिएको छ। उनले बाकी सामुदायिक बनको काठ नापजाचकै चरणमा रहेकाले डाटा आउन बाकी रहेको बताए। हामीले सबै काठ घाटगद्धी गरेर राखेका छौ, उनले भने, केहि स्थानमा आगलागिले केहि क्षति पुर्‍याएपनि धेरै काठ अहिलेसम्म सुरक्षित छ। हालको बजारभाउ अनुसार सालको काठ प्रतिक्युफिट ५ हजार देखि ६ हजारसम्ममा विक्रि वितरण भएको व्यवसायी बताउछन्।

यसैलाई आधार मान्ने हो भने सिन्धुलीमा करोडौ मुल्य बराबरको काठ सालको काठको जङगलमै अलपत्र अवस्थामा छ । डिभिजिन बन कार्यालय सिन्धुली अन्र्तगत सालको काठ १ लाख १५ हजार तीन सय १३ क्यूफिट छ भने अन्य काठ १७ हजार आठ सय ३५ क्यूफिट रहेको बन कार्यालयले जनाएको छ । सालबाहेकका काठ धेरै कुहिएर माटोमै विलाएको सामुदायिक बनका पदाधिकारी बताउछन्। 

सरकारले बैज्ञानिक बन व्यवस्थापन परियोजना खारेज गरेसँगै जङगलमा अलपत्र अबस्थामा रहेको करोडौ मुल्य बरारबको काठ डढेलो र पहिरोको जोखिममा परेको छ। जिल्लाभर लागेको डढेलोमा समेत कटान भएको काठ ढडेको भएपनि दुबै डिभिजन बन कार्यालयले कति काठ डढ्यो भन्ने तथ्याङक राखेका छैनन्। हामीले डढेलो सुरु हुनु अगावै घाट गद्धी गरेका थियौ, डिभिजन बन कार्यालय मरिणका सुचना अधिकारी केसीले भने, केहि दाउराहरु डढेको भएपनि काठ डढेको छैन।

प्रकाशित: १२ वैशाख २०७८ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App