७ वैशाख २०८१ शुक्रबार
अर्थ

चितवनमा खुल्यो कोरियन रेष्टुराँ, शुभारम्भमा २५ प्रतिशत छुट

चितवनको मुनाल एण्ड मयुर रिसोर्टमा कोरियन रेष्टुराँ उद्घाटन गर्दै कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ। तस्बिर: नागरिक

चितवन–कालिका नगरपालिका–१ चितवनमा कोरियन रेष्टुराँ खुलेको छ। पदमपुर छेउको लंका लाइनमा अबस्थित मुनाल एण्ड मयुर रिसोर्टमा समिटर कोरियन रेष्टुराँ खुलेको हो।  कालिकाका मेयर खुमनारायण श्रेष्ठले यस रेष्टुराँको उद्घाटन गरेका थिए।

रेष्टुराँले वैशाख १३ गतेसम्म खानामा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ। मनास्लु क्षेत्रका स्थापित पर्यटनकर्मी लाक्पाढुण्डुप लामासहित चितवनका पर्यटनकर्मीहरू राजिन्द्र महतो र सुशिल चौधरीको साझेदारीमा सञ्चालित रिसोर्टमा कोरियन रेष्टुराँ थपिएको हो।

रेष्टुराँमा नेपाली, चिनिया, भारतीय र कन्टिनेन्टल परिकारहरु पाउन सकिन्छ। कोरियन रेष्टुराँ खुलेकामा मेयर श्रेष्ठले खुसी व्यक्त गरे। ठमेलमा कोरियन रेष्टुराँ चलाउँदै आएका खाना विशेषज्ञ विजय योञ्जनबाट तालिम प्राप्त कर्मचारीले यहाँको रेष्टुराँमा खाना पकाउने गरेका छन्। 

यस रेष्टुराँमा हिमाली परिकारहरू याक बर्गर, याक सिजलर, यार्सागुम्बा सुप, भिरमौरीको मह, फापरको ढिंडो र रोटी सेट, स्याऊको रक्सी तथा वाइन, यार्सागुम्बाको रक्सी, फलफुलको जुसलगायत परिकार पनि पाइन्छ। विगतमा आपा रिसोर्टका नाउँमा सञ्चालन हुँदै आएको यस रिसोर्टलाई हिमाल र तराई जोड्ने पुलको   रुपमा ब्राण्डिङ गरेर ‘मुनाल एन्ड मयुर रिसोर्ट’ बनाइएको हो।

प्रकाशित: १० वैशाख २०७८ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App