coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

महासंघद्वारा स्टार्टअपसँग आवेदन माग

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिले मेन्टरसिप सहयोगसहित महासंघका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) सँग आवेदन मागेको छ। महासंघका अनुसार आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको छ।

 समितिले गत चैत ९ मा यस विषयमा विस्तृत जानकारी गराएको थियो। आवेदन फारम महासंघको वेबसाइटमार्फत प्राप्त गर्न सकिने बताइएको छ। महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिमा आवद्ध लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचिलाई उद्यमीहरूको व्यवसायसँग मिलान गरी फलदायी सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ।

नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायको लागि यो आवेदन गरिएको हो। एक वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका र कम्तीमा पनि एक वर्षको लेखापरीक्षण प्रतिवेदन भएका, कानुनी रूपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन्।

आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन्।आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान र सम्बन्धित अन्य रजिस्टे«सन, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्र, कम्पनीको सञ्चालक समितिको माइन्युट, कम्पनीका प्रवद्र्धक÷संस्थापकको बायोडाटा लगायत कागजातहरू संलग्न हुनुपर्नेछ। 

प्रकाशित: ५ वैशाख २०७८ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App