२७ श्रावण २०७९ शुक्रबार
अर्थ

विपदमा पनि रोकिएन रेमिटेन्स

कोरोना महामारीका कारण समग्र अर्थतन्त्र संकुचनमा गए पनि रेमिटेन्स आप्रवाह निरन्तर बढिरहेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार फागुन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रेमिटेन्स आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको हो। रेमिटेन्स आप्रवाह निरन्तर वृद्धि हुँदै गएपछि चालु आर्थिक वर्षको आठ महिनामा (साउन–फागुनसम्म) कुल रेमिटेन्स ६ खर्ब ४२ अर्ब १४ करोड रूपैयाँ पुगेको छ।  

रेमिटेन्स आप्रवाह अमेरिकी डलरमा ५.० प्रतिशतले वृद्धि भई पाँच अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो। यद्यपि समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिनेको संख्या भने ७४.८ प्रतिशतले घटेको छ। 

 वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स वृद्धि भइरहनुलाई विज्ञहरूले बैंकिङ च्यानलबाट रेमिटेन्स आइरहेको तर्क गर्ने गर्छन्। रेमिटेन्स निरन्तर वृद्धि भइरहनुको यकिन कारणबारे भने अहिलेसम्म कुनै पनि निकायले अध्ययन, अनुसन्धान गरेका छैनन्।   

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो। त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या ६५.२ प्रतिशतले घटेको छ। वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स वृद्धि भइरहनुलाई विज्ञहरूले बैंकिङ च्यानलबाट रेमिटेन्स आइरहेको तर्क गर्ने गर्छन्। रेमिटेन्स निरन्तर वृद्धि भइरहनुको यकिन कारणबारे भने अहिलेसम्म कुनै पनि निकायले अध्ययन, अनुसन्धान गरेका छैनन्।  

राष्ट्र बैंकका अधिकारीहरू रेमिटेन्स वृद्धि हुनुमा विगतमा हुन्डीमार्फत भित्रिने रेमिटेन्स बैंकिङ च्यानलमार्फत आउनु तथा गन्तव्य मुलुकमा अनुमान गरिए भन्दा कम कोरोनाको प्रभाव पर्नुलाई कारणको रूपमा लिने गर्छन्। कोरोनाको त्रासले हुन्डी कारोबारीको चलखेल कम भइरहेको धेरैको अनुमान छ। माघ महिनामा पनि रेमिटेन्स आप्रवाह करिब ११ प्रतिशतले वृद्धि भएको थियो। कोरोना महामारीले अधिकांश मुलुक प्रभावित हुँदा आर्थिक वर्ष २०७६÷७७ मा आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। अघिल्लो आर्थिक वर्ष आठ खर्ब ७९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। कोरोना महामारीले गन्तव्य मुलुक प्रभावित भएपछि विभिन्न निकायले कम्तीमा १० प्रतिशतले रेमिटेन्स घट्ने प्रारम्भिक अनुमान गरेका थिए। जबकि चालु आर्थिक वर्षको हरेक महिनामा रेमिटेन्स आप्रवाह निरन्तर वृद्धि भइरहेको छ।  

चालु खाता घाटा साढे एक खर्ब

समीक्षा अवधिमा चालु खाता घाटा घाटा एक खर्ब ४८ अर्ब ६८ करोड रूपैयाँ पुगेको छ। पोहोर यतिबेला घाटा एक खर्ब १९ अर्ब ७० करोड रूपैयाँ थियो। अधिकारीहरू चालु खाता घाटा अझै बढ्दै जाने अनुमान गरेका छन्।  

शोधनान्तर बचत ६८ अर्ब  

त्यस्तै, चालु आर्थिक वर्षको आठ महिनामा शोधनान्तर बचत ६८ अर्ब रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत ३७ अर्ब ८४ करोड रूपैयाँ थियो। राष्ट्र बैंकका अनुसार आठ महिनामा आयात २.१ प्रतिशतले बढेको छ। फागुनसम्म नौ खर्ब ४३ अर्ब ९९ करोड रूपैयाँको आयात हुँदा निर्यात ७.८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ करोड रूपैयाँ पुगेको छ।  

बैंकद्वारा कर्जा लगानी तीव्र

कोरोना महामारीमा रेमिटेन्स आप्रवाह निरन्तर वृद्धि भइरहेको बेला वाणिज्य बैंकहरूले कर्जा लगानी पनि तीव्र पारेका छन्। बैंकर संघले सार्वजनिक गरेको विवरण अनुसार चैतमा बैंकहरू ८७ अर्ब निक्षेप संकलन गर्दा कर्जा लगानी एक खर्ब २३ अर्ब रूपैयाँ गरेका छन्। हालसम्मको सबै बैंकको कर्जा लगानी भने ३५ खर्ब ३५ अर्ब रूपैयाँ पुगेको छ। यस्तै बैंकहरूको निक्षेप संकलन ३९ खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ। बैंकहरूले फागुन मसान्तसम्म ३८ खर्ब २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका थिए। 

प्रकाशित: ३१ चैत्र २०७७ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App