८ वैशाख २०८१ शनिबार
अर्थ

भक्तपुरका अधिकांश मासु पसल फोहोर

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेका मासु पसलहरुको बिहीबार अनुगमन गरियो । अनुगमनमा मासु पसलहरु सुधार हुँदै आएको पाइएको जनाइएको छ ।

विकास मिट सपमा बधस्थल अझ बढी सफा गर्नुपर्ने, खसीको मासु जालिले छोप्ने वा सिसाको बाकस बनाई धुलो, धुँवा र झिँगा नभन्किने गरी व्यवस्था गर्ने, एप्रोन सेतो प्रयोग गर्ने निर्देशन दिएका वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमनमा कमलबिनायक मिट सप अर्केको नाममा दर्ता गरिराखेकोले तीन दिनभित्र पसल दर्ता गर्न, मूल्य सूचि राख्न, सरसफाईमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, मासु धुलो, धुँवा र झिँगा नभन्किने गरी व्यवस्था जालीले छोप्ने व्यवस्था गर्न निर्देशन दियो । त्यस्तै सुरेन्द्र मिट सप कुखुराको मासु धुलो, धुँवा र झिँगा नभन्किने गरी व्यवस्था गर्न जालीले छोप्ने वा सिसाको बाकस बनाई व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाईमा ध्यान दिन निर्देशन दियो ।  

सरज मिट सपमा पसल दुई बर्षदेखि नविकरण नभएकोले नविकरण गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, मूल्य सूचि राख्न, बधस्थल सफा राख्न निर्देशन दियो ।  

मुलढोका ब्रोइलर हाउसमा मसल नविकरण गर्न निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमनमा सदस्य रोशनमैया सुवाल, भनपा श्यानिटेशका वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाइतु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक छत्रबहादुर थापा र भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपा लक्ष्मी प्रजापतिको सहभागी थियो ।

प्रकाशित: २६ चैत्र २०७७ १४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App