coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पाँचौ दिनदेखि सुर्खेतमा उडान

फाइल तस्बिर

जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिविलिटी कम हुँदा चार दिनदेखि प्रभावित भएको सुर्खेतको हवाइ उडान पाँचौं दिनबाट नियमित उडान भएको छ। बिहीबार बिहानैदेखि भिजिविलिटीमा सुधार आएपछि सुर्खेतबाट नियमित हवाइ उडान भएका हुन्।

बिहीबार सुर्खेतबाट आठवटा उडान भए। पाँच वटा सीता एयर लाइन्स, एक बुद्ध एयर लाइन्स र दुईवटा नेपाली सेनाका हेलिकोप्टरले उडान भरे। सीताले सुर्खेत–सिमकोट उडान भर्‍यो भने बुद्धले सुर्खेत–काठमाडौं उडान भरेको थियो।  

त्यस्तै नेपाली सेनाको हेलिकोप्टरले दैलेखबाट जटिलखालको सुत्केरी बेथा लागेको सुत्केरी महिला र शौचालय जाँदा घाइते भएका कालीकोटका एक युवकको उद्वारका लागि उडान भरेको थियो। साथै सीता एयरले सुर्खेतबाट खाद्यान्न र निर्माण सामग्री हवाइमार्फत ढुवानी गरेको छ। पाँच हजार केजी खाद्यान्न तथा निर्माण सामग्री ढुवानी भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।

दुई हजार मिटरभन्दा कम भएको भिजिविलिटी बिहीबार पाँच हजारभन्दा बढी भयो। आकासका क्रमिक सुधार हुँदा बिहीबार पाँचौं दिनमा उडान भएको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए। ‘बुधबार साँझ हावाहुरी लाग्यो,’ उनले भने, ‘हावाले तुवाँलो केही उडाएपछि मौसममा सुधार भएको छ।’ 

चार दिनदेखि उडान प्रभावित हुँदा यात्रुहरु अलपत्र परेका थिए। चार दिनदेखि पाँच किलो मिटरसम्म आकास सफा थिएन। पाँचौ दिनमा १० किलोमिटर आकास सफा भएको नागरिक नागरिक उड्डयन कार्यालयले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०७७ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App