८ वैशाख २०८१ शनिबार
अर्थ

विस्केट जात्राको अवसरमा मासुमा छुटैछुट

विस्केट जात्राको अवसरमा भक्तपुरको सल्लाघारी चुनदेवीमा रहेको जे.एस. चिकेन सप्लायर्सले विभिन्न प्रकारका मासुमा छुटैछुटको अफर ल्याएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीस्थित आकाशे पुल नजिकै रहेको जे.एस. चिकेन सप्लायर्सले ब्रोइलर, लोकल कुखुरा, हाँंस, कालिजसहित अन्डामा पनि छुटैछुटको अफर ल्याएको हो ।  

जे. एस. चिकेन सप्लायर्सका संचालक जगदिस उपाध्यायले विस्केट जात्राको अवसरमा ब्रोइलर कुखुराको मासुमा बजारको दररेट भन्दा प्रति किलो १५ रुपैयाँंसम्म सस्तोमा दिने जनाए । ब्रोइलरका साथै लोकल कुखुराको मासुमा बजार मूल्य भन्दा ५० रुपैयाँं कम, हाँंसमा दुई सय रुपैयाँं कम, कालिजको मासुमा एक सय रुपैयाँं कम र अण्डामा प्रतिक्रेट एक सय रुपैयाँं कम मूल्यमा विक्री वितरण गर्ने उपाध्यायले जनाए । कुखुराको मासुमा कुल ५० रुपैयाँं, हाँंसमा कुल दुई सय रुपैयाँं र कालिजको मासुमा एक सय रुपैयाँं कम गरेको उनले बताए ।  

थोक बिक्रेता (होलसेलर) का लागि विशेष छुट तथा प्राथमिकताका साथ आफूहरुले सेवा गर्ने उपाध्यायले बताए । विशेष गरेर कोल्डस्टोर, पार्टी प्यालेस, रेष्टुरेन्ट जसले किनेर दैनिक वेच्छन् उनींहरुका लागि अझै विशेष प्राथमिकता अनि छुटका साथ आफूहरुले सेवा गर्ने सप्लायर्सले बताएको छ । आधुनिक समयसँंगै पेमेन्ट (भुक्तानी) का लागि इसेवा, फोन पे, बैक एकाउन्टबाट पनि पेमेन्ट गर्न सकिने व्यवस्था मिलाइएको उपाध्यायले बताए । साथै सप्लायर्सले अहिलेका लागि भक्तपुर र भक्तपुरबाट १५ किलोमिटरसम्मको दुरी होम डेलिभरी गर्ने गरेको उनले जनाए ।  

‘हाम्रो मुख्य प्राथमिकता त सफा, शुद्ध, ताजा मासु उपभोक्तालाई उपलव्ध गराउनु हो तर पनि उपभोक्ताले मूल्य पनि हेर्ने भएकाले हामीले मूल्यलाई पनि कम गरेका हौ, उपाध्यायले थपे । सप्लायर्सले बा्रेइलर कुखुरा, हासँको मासु, बटाईको मासु, ससेज, अण्डाको साथ साथै कालिजको मासु विक्री गरिरहेको छ । काठमाडौंमा सामान्य भएता पनि भक्तपुरमा भने कालिजको मासु विक्री हुने यो पहिलो सप्लार्यस् रहेको बताइएको छ । 

भक्तपुरमा कसैलाई कालिजको मासु खान इच्छा छ भने पनि काठमाडौं नै धाउनुपर्ने अवस्था छ । यही अवस्थालाई ध्यानमा राखेर चुनदेवीमा जे.एस. चिकेन सप्लायर्सले कालिजको मासु होलसेल तथा खुद्रा मुल्यमा भक्तपुरमा बिक्री गर्न सुरु गरेको जनाएको छ । उनले मासुको लागि काठमाडौंसम्म धाउन नपर्ने गरी उपभोक्ताको आवश्कता पूर्ति गर्ने सोचका साथ कोल्ड स्टोर संचालन गरेको बताए । सुलभ मूल्यको साथसाथै हाइजिनिंग मासु उपभोक्ताले पाओस् भन्ने हाम्रो इच्छा हो, उनले थपे ।  

मुख्य होलसेल भए पनि खुद्रा पनि पाउने जनाइएको छ । साथै हाललाई हप्तामा एकचोटि खसीको मासु पनि गाउँंघरमा जस्तो भागभाग लगाएर बेच्ने गरेको सप्लायर्सले जनाएको छ । तर आवश्यकता अनुसार दैनिक पनि उपलव्ध गराउन सकिने जनाएको छ ।  

विहान ६ बजे देखि साढे ९ बजे रातिसम्म सप्लायर्स खोल्ने जनाइएको छ, त्यसको अलावा अन्य समयमा कुनै माथि उल्लेखित मासुको आवश्यकता परेमा मोवाइलमा सम्पर्क गरी सेवा लिनसकिने सप्लायर्सले जनाएको छ ।  

भक्तपुरमा यो वर्ष चैत २८ गते शनिबारदेखि बैशाख ५ गतेसम्म विस्केट जात्रा मनाइन्छ । जगतज्योति मल्लाको पालादेखि सुरु भएको विस्केट जात्रा अहिले पनि विशेष गरेर नेवारी समुदायमा भैरबको पूजा गर्दै विशेष धूमधामका साथ मनाइन्छ ।

प्रकाशित: २६ चैत्र २०७७ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App