१६ चैत्र २०८० शुक्रबार
अर्थ

भारतको सहयोगमा दुई परियोजना बने

भारत सरकारको आर्थिक सहयोगमा फत्तेबाल आँखा अस्पताल र राप्ती शीत भण्डार बनाइएको छ। यी दुवै भवन भारतीय सरकारको ८ करोड ९२ लाख रूपैयाँ अनुदानमा स्तरोन्नति तथा निर्माण गरिएको हो। काठमाडौंस्थित भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशलले भारत सरकारको अनुदान सहयोगमा निर्मित दुई परियोजनाको हालै उद्घाटन गरेका छन्। 

वंशलले नेपालगञ्जमा हालै स्तरोन्नति गरिएको फत्तेबाल आँखा अस्पतालको गत आइतबार उद्घाटन गरेका हुन्। त्यसैगरी दाङको लमही बजारमा निर्मित राप्ती शीत भण्डारको सोमबार उद्घाटन गरिएको हो। यी दुवै परियोजना नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रूपमा निर्माण गरिएको हो।

भारत सरकारले फत्तेबाल आँखा अस्पतालका लागि ४ करोड ६६ लाख रूपैयाँ अनुदान सहयोगमा निर्मित नयाँ अस्पताल भवनमा जेनेरल वार्ड, प्राइभेट वार्ड, अपरेसन थियटर, तालिम कक्ष, चिकित्सकका लागि बस्ने क्वाटर तथा ड्रेनेज सिस्टमको सुविधा जडान गरिएको छ। त्यसैगरी भारत सरकारको नेरु ४ करोड २५ लाख र बाँकी नेपाल सरकार तथा उपभोक्ता समितिको सहयोगमा कुल ९ करोड ६६ लाख रूपैयाँ लागतमा ३२०० एमटी क्षमताको शीत भण्डार निर्माण गरिएको हो।  

नेपालका ५२ जिल्लामा चार सयवटा डाइनोस्टिक स्क्रिनिङ तथा मोतिबिन्दु शल्यक्रिया शिविर र १४ जिल्लामा ग्रामीण भेगका आँखा शिविर सञ्चालनका लागि नेत्र ज्योति संघलाई करिब २१ करोड अनुदान उपलब्ध गराएको छ। भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई पाँचवटा गाडी उपहारस्वरूप प्रदान गर्नुका साथै विद्यालयहरूमा बालबालिकाका लागि आँखा शिविर सञ्चालन गर्न एउटा आइकेयर भ्यान पनि उपलब्ध गराएको जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७७ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App