८ वैशाख २०८१ शनिबार
अर्थ

तुँवालोले फेरि उडान प्रभावित

बाक्लो तुँवालोले पोखरा विमानस्थलबाट हुने हवाई सेवा पुनः प्रभावित भएको छ। झण्डै एक साता अवरुद्ध रहेको उडान गत बिहीबार खुलेको थियो। सोमबारदेखि पुनः प्रभावित भएको छ।

पोखरा विमानस्थलका प्रमुख बिक्रमराज गौतमका अनुसार सोमबार बिहान पोखरा–जोमसोम रुटमा उडान भए पनि नौ बजेपछि काठमाडौंका लागि हुने सबै उडान रद्द भए। बिहान खुलेको मौसम नौ बजेपछि बिग्रन थालेको उनले बताए। भिजिबिलिटी नपुगेपछि उडान रोकिएको उनले बताए। यहाँबाट उडान हुन पाँच हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ। बाक्लो तुँवालोले भिजिबिलिटी एक हजार मिटरमा सीमित भएको छ।  गौतमका अनुसार सोमबार बिहान पोखरा–जोमसोम रुटमा सातवटा उडान भए। पोखरा–काठमाडौं रुटमा बुद्ध र यतीका एक–एक उडान भयो।  

बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालका अनुसार बिहान साढे ८ बजे बुद्धको जहाज काठमाडौंबाट पोखरा आएर फर्केपछि कुनै पनि उडान भएन। बरालका अनुसार बुद्धले सोमबार पोखराबाट भैरहवा र भरतपुर एक–एक तथा काठमाडौंका लागि १० वटा उडान राखेको थियो। यती एयरलाइन्सले पनि पोखरा–काठमाडौं रुटका तीनवटा उडान रद्द भएको जनाएको छ। 

प्रकाशित: २४ चैत्र २०७७ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App