coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जगदम्बा स्टिलमा स्थानीयको ढुंगामुढा

जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल उद्योगमा स्थानीयको एक समूहले बुधबार दिउँसो ढुंगामुढा गरेको छ। ढुंगामुढाबाट उद्योग भवनको झ्याल, पार्किङ गरिएको गाडीको सिसा फुट्नुको साथै कर्मचारी र सुरक्षा गार्ड घाइते भएको बारा प्रहरीले जनाएको छ। बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले दिउँसो ३ः०० बजेको समयमा सय हाराहारीमा आएका स्थानीयले उद्योगभित्र ढुंगामुढा गरेको बताए। स्थानीयको ढुंगा प्रहारबाट उद्योगभित्र रहेका मजदुर र सुरक्षाकर्मी घाइते हुनुको साथै झ्याल र गाडीको सिसा फुटेको उनले बताए।  

स्थानीयले ढुंगामुढा गर्दा अवस्था उग्र बनेपछि त्यसलाई नियन्त्रणमा लिन तीन राउन्ड अश्रु ग्यास प्रहार गर्नुपरेको मिश्रले बताए। स्थानीयले गरेको आक्रमणले उद्योगभित्र एक करोड जतिको क्षति भएको उद्योगका सञ्चालक पवनबाबु गुप्ताले बताए। सुरक्षाकर्मी बेलैमा नआएको भए अझ बढी धनजनको क्षति हुने उनले बताए। जीतपुर सिमरा–२ का वडाध्यक्ष तिलक श्रेष्ठले उद्योग प्रशासनले आफूखुसी मेसिन जडान गरेको विरोधमा स्थानीय उत्रिएपछि यो अवस्था आएको बताए। प्रहरीको कुटाइबाट स्थानीय घाइते भएको र यो अवस्था आउनुमा उद्योग नै जिम्मेवार रहेको वडाध्यक्ष श्रेष्ठले बताए।

उद्योगको गोदाममा जडान गरिएको मेसिनबाट आएको ठूलो आवाजले घरमा बस्न समस्या भएको भन्दै फागुन ११ गते स्थानीयको एक समूहले गोदाममा तालाबन्दी गरेका थिए। स्थानीयले अघि सारेको मागलाई सम्बोधन नै नगरी प्रहरीले चैत्र २ गते गोदामको ताला खोलेपछि त्यसको विरोधमा स्थानीयले ढुंगामुढा गरेको जनाइएको छ।

प्रकाशित: ५ चैत्र २०७७ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App