७ वैशाख २०८१ शुक्रबार
अर्थ

तालबाराहीलाई प्रभुको क्यूआरकोड

प्रभु बैंकले फेवातालको बीचभागमा रहेको प्रशिद्ध धार्मिकस्थल तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

क्यूआर कोडबाट अब भक्तजनले मन्दिरमा सजिलै भेटी दान गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल, प्रादेशिक कार्यालय पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, प्रभु बैंकका गण्डकी प्रदेशको प्रमुख ब्यापार केन्द्रीय अधिकृत  शान्ति शेरचन, प्रभुका प्रादेशिक प्रमुख विरेन्द्र भट्ट सहितले क्यूआरकोड हस्तान्तरण गरेका थिए ।

यो सुविधासँगै मन्दिरमा भक्तजनले मोवाईल बैंकिङ एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन । नगद कारोवारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोवारलाई बढावा दिने नेपाल राष्ट्रबैंकको नीति बमोजिम उक्त सेवाको शुरुवात गरिएको प्रभुका प्रादेशिक प्रमुख भट्टले बताए ।  

क्यूआर कोडबाट भुक्तानी गर्दा छिटो, छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोवार गर्दा कुनैपनि शुल्क नलाग्ने बैंकका प्रमुख ब्यापार केन्द्रीय अधिकृत शेरचनले बताइन् । बैंकका हाल २१३ वटा शाखा, ५८ वटा एक्सटेन्सन काउण्टर रहेका छन् । 

प्रकाशित: २३ फाल्गुन २०७७ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App