७ वैशाख २०८१ शुक्रबार
अर्थ

दुई वर्षमा १८ लाख क्विन्टलले घटयो उखु उत्पादन

उखु खेतीप्रति किसानहरुको आकर्षण घटदै गएको छ। उखु खेतीप्रति किसानहको अकर्षण  घटदै गए पछि बारा, पर्सामा  दुई बर्षको अन्तरालमा १८ लाख क्विन्टलले कम उखु उत्पाद भएको कलैया उपमहानगरपालिका–२४ मा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालीले जनाएको छ।

उखु खेती गर्ने किसानहरुलाई भुक्तानीको समस्या र उखु बालीमा लाग्ने विभिन्न खाले रोगको कारणले यस क्षेत्रका किसानहरुले उखु लगाउन कम गर्दै गए पछि उत्पादन घटेको मिलका अधिकारीहरुले बताएका छन्।

चालु सिजनमा किसानहरुले रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालीलाई बेचेको उखुको भुक्तानी चार सय ७१ रुपैया २८ पैसा प्रति क्विन्टलको दरले मात्रै पाएका छन्।

चिनीको मूल्य थोकमा प्रति किलो ७० रूपैयाको हाराहारीमा बिक्री चिनी मिल संचालकहरुले उखुको उचित मूल्य नदिएको किसानहरुको गुनासो छ। २०७५ सालको सिजनमा रिलायन्स चिनी मिलले बारा, पर्सा किसानहरुबाट २८ लाख क्विन्टल उखु खरिद गरेर क्रसिग गरेकोमा अहिले त्यो घटेर १० लाख ५० हजार क्विन्टल मात्रै पुगेको रिलायन्स चिनी मिलका उखु माहा शाखा ईन्चार्ज नन्दलाल कुशवाहाले बताएका छन्।

उखुको उत्पादन घटदै गए पछि चालु सिजनमा मिलले १६ लाख क्विन्टल उखु क्रसिग गर्ने लक्ष्य राखे पनि १० लाख ५० हजार क्विन्ट मात्रै क्रसिग गरिर मिललाई बन्द गरिने अवस्था आएको कुशवाहाले बताए।

उखुको क्रसिग गर्ने लक्ष्य पूरा गर्नको लागि मिलका कर्मचारीहरुले बारा, पर्साका किसानहरुको खेत खेतमा पुगेर उखु ल्याउ पनि लक्ष्य भन्दा छ लाख कम उखु पाइएको उनले बताए।

विगत तीन सिजन देखि उखु उत्दान असाध्य घटदै गएको र यही अवस्था रहि रहेमा मिललाई नै बन्द गर्नु पर्ने अवस्था आउने चिन्ता समेत रहेको कुशवाहले बताए।

२०७५ सालको सिजनमा  रिलायन्स चिनी मिललाई बारा, पर्सा किसानहरुले २८ लाख क्विन्टल उखु उत्पादन गरेर बिक्री गरेकोमा २०७६ को सिजनमा त्यो घटेर १६ लाख ५० हजार क्विन्टल पुगेको थियो भने २०७७ को सिजनमा गत सिजन भन्दा घटेर १० लाख ५० हजार क्विन्टल मात्रै पुगेको उनले बताए।

किसानहरुले उखु बाली लगाउन कम गर्दै जादा र उखुको कम उत्दान हुँदा मिललाई चाहिने आवश्यक अनुसारको उखु नपाउँदा बर्षै पिछे घाटा लाग्ने अवस्था समेत रहेको रिलायन्स चिनी मिलका पदाधिकारीहरुले बताएका छन्।

चालु सिजनमा उखु क्रसिग गर्न कार्यामा राखिएको जनशक्तिहरूलाई सिजन भरिकै सेवा, सुविधा दिनु पर्ने अवस्था रहेको तर उखु अभावमा  थोरै दिन मिल चलाउर बन्द गरिदै मिललाई घटा हुने गरेको कुशवाहाले बताए।

उखु खेती गर्दै आएका धेरै किसानहरुले उखु खेती गर्न छोडेर माछा पालन, मकै खेती लगाएतका अन्य बालीहरु लगाउँदा  उखु उत्पादनमा कमि हुँदै आएको छ ।

बारा,पर्साका ११ हजार किसानहरुले शुरु शुरुमा १४ हजार बिघा क्षेत्रफलमा मिललाई बिक्री गर्नको लागि उखु बाली लगाउँदै आए पनि अहिले त्यो संख्यामा कमी आएको  रिलायन्स सुगर एन्ड केमीकल इन्डस्ट्रिज प्रालिले जनाएको छ।

प्रकाशित: १९ फाल्गुन २०७७ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App