८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटन व्यवसायीको पीडाः २०२३ पछिका लागि बुकिङ छ, अहिले के गरेर बस्ने ?

र्‍याफ्टिङ रमाउँदै । फाइल तस्बिरः नागरिक

¥याफ्टिङ कम्पनि प्याडल नेपालले वर्षेनीजसो विभिन्न मुलुकका विद्यार्थीलाई पोखरा र आसपासका क्षेत्रका नदीमा ¥याफ्टिङ गराउँदै आएको थियो । विभिन्न मुलुकमा संचालित एडभेन्चर स्कुलका विद्यार्थी ¥याफ्टिङ अनुभव लिन र सिक्नकै लागि नेपालसम्म आउँथे । विद्यार्थीको ठुलो समुह ¥याफ्टिङका लागि आउँदा व्यवसायीलाई लाभ पुगेको थियो ।  

तर, कोरोना भाइरस महामारीले गर्दा एडभेन्चर स्कुल चलाउने ती मुलुकका विद्यार्थी नेपाल आउन सकेका छैनन् । कोरोनाका कारण अहिले आउन नपाएका विद्यार्थीले दुईवर्ष पछिका लागि बुकिङ गर्न थालेका छन् । व्यवसायीका अनुसार २०२३ र २०२४ का लागि मात्र ¥याफ्टिङको अग्रिम बुकिङ आउने गरेको छ । विद्यार्थीको मात्र नभई व्यक्तिगत वा समुहगत आउने पाहुनाको बुकिङ पनि अहिलेका लागि छैन । बरु, दुईवर्ष पछिका लागि सोधपुछ रहेको व्यवसायीको भनाई छ ।  

‘२०२३ र २०२४ का लागि बुकिङ गरेका छन् । एडभेन्चर स्कुलका विद्यार्थी मात्र नभई व्यक्तिगत रुपमा आउने विदेशीको पनि दुईवर्षपछिका लागि मात्र सोधपुछ छ,’ प्याडल नेपालका संचालक निम मगरले भने, ‘अभै दुइवर्ष ¥याफ्टिङका पर्यटक आउने अवस्था छैन । दुईवर्षसम्म हामी के गरेर बस्ने भन्ने अन्योल छ ।’ उनका अनुसार साहसिक गतिविधिका लागि आउने विदेशी पाहुना तत्काल नेपाल आउने अवस्था छैन । सिजनल गतिविधि हुने भएकोले पनि साहसिक गतिविधिमा रमाउन पाउने पर्यटक जुन पायो त्यही समयमा नेपाल आउँदैनन् ।  

‘जुन पायो त्यही बेला ट्रेकिङ, ¥याफ्टिङ, क्यान्योनिङका गतिविधि चल्दैनन् । सिजनल गतिविधि भएकोले निश्चित समयमा मात्र आउनुपर्छ,’ उनले भने, ‘अहिले बुकिङ नगर्ने हो भने दुईवर्षका लागि तोकिएको समयमा ¥याफ्टिङ गर्न नपाउने अवस्था रहनसक्छ भनेर अहिले नै बुकिङ गरेका छन् ।’ ¥याफ्टिङ एशोसिएसनका निवर्तमान केन्द्रीय अध्यक्ष समेत रहेका मगरका अनुसार नेपालमा ¥याफ्टिङ, क्यान्योनिङको उपयुक्त समय सेप्टेम्बर–डिसेम्बर र फेब्रुअरी–जुन हो ।  

अरुबेला नचल्ने भएकोले पनि ¥याफ्टिङका लागि आउने विदेशी तोकिएको समयमा आउनुपर्ने बाध्यता हुँदा पनि बेलैमा बुकिङ गर्नुपर्ने उनले बताए । ‘दुईवर्षका लागि अहिले नै हतार त होइन, तरपनि लामो समय रोकिएको हिडडुल एकाएक खुल्दा त्यो बेला भीडभाड हुनसक्छ भन्ने आँकलनले अहिले नै बुकिङ गरेका हुनसक्छन्,’ उनले भने, ‘त्यो भन्दा अगाडि नेपालमा पर्यटन व्यवसाय चल्न अवस्था पनि छैन ।’  

अमेरिका, बेलायत, स्पेन, जर्मन, फ्रान्स, डेनमार्कमा संचालित विभिन्न एडभेन्चर स्कुलका विद्यार्थी नेपालको साहसिक गतिविधिमा रमाउन र अनुभव लिन आउने गर्छन । विभिन्न मुलुकका आधादर्जन बढी विद्यालयका समुहले बुकिङ गरेको उनले बताए । १८ देखि २१ वर्ष उमेर समुहका ती विद्यार्थी पोखरा आसपासका नदीमा ¥याफ्टिङको अनुभव लिन्छन् । कालिगण्डकी, त्रिशुली, सेतीमा ¥याफ्टिङ र जलविरेमा क्यान्योनिङका लागि आउने गरि ती विदेशी विद्यार्थीले बुकिङ गरेको उनले सुनाए ।  

‘एडभेन्चर गतिविधि आजको भोलि तय हुँदैन, प्रयाप्त समय र अध्ययनले मात्र विद्यार्थी आउने हुन्,’ उनले भने, ‘¥याफ्टिङका लागि आउने अरु समुहको भने खासै सोधखोज छैन । २० जना सम्मको समुहमा ती विदेशी विद्यार्थी ¥याफ्टिङ र क्यान्योनिङको अनुभव लिन पालैपाले नेपाल आउने गरेको उनले सुनाए । ‘अहिले पनि आउन सक्थे । तर, राज्यको पर्यटनप्रतिको नीति नै वैज्ञानिक हुन सकेन । जोखिम छ, तर, हिडडुल नै गर्न नहुने अवस्था छैन,’ उनले भने, ‘विदेशीलाई सावधानी अपनाएर आउ भन्ने हो आउँछन् । धेरै मुलुकमा खोप पनि लगाउन थालेका छन् । तर, पाहुना आउँदा कोरोना संक्रमण फैलिने भनेर विभिन्न अप्ठेरा प्रावधान लागु गरिएको छ, ती प्रावधान विदेशीले रुचाएनन् ।’  

पदयात्रामा पनि यस्तै अवस्था रहेको पदयात्रा व्यवसायी सोम थापाले बताए । ‘अहिलेका लागि सोधपुछ छैन । तर, केही समय पर्ख र हेरको अवस्थामा विदेशी छन्,’ थापाले भने, ‘¥याफ्टिङ र पदयात्रा भनेको सिजनल हुन्छ । २०२२ को अन्तिमबाट बल्ल पदयात्रामा आउने सम्भावना देखिएको छ । विदेशीको सोधपुछ पनि त्यही समयका लागि छ । छिटोमा २०२२ सेप्टेम्बरमा साहसिक गतिविधि रुचाउने विदेशी नेपाल आउन सक्छन् ।’ पाहुना नआउँदा व्यवसायी अझै डेढवर्ष फुर्सदिला बन्ने पनि थापाले बताए । ‘अवस्था यो भन्दा थप बिग्रेन भने अझै डेढवर्ष पछि बल्ल विदेशी साहसिक पाहुना आउने सम्भावना छ,’ थापाले भने । धार्मिक, भारतीय पर्यटक भने तत्कालै आउन सक्ने सम्भावना रहेको उनले सुनाए । ‘नाका खुलाउने हो भने भारतीय र धार्मिक पर्यटक आउँछन् । तर, अरु तेश्रो मुलुकका विदेशी तत्कालै आउन सक्दैनन्,’ थापाले भने ।  

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सुशील पौडेल पनि साहसिक गतिविधिका विदेशी भिœयाउन अझै डेढवर्ष कम्तिमा कुर्नुको विकल्प नरहेको बताउँछन् । ‘एकाध त आउलान्, तर समुहमा पाहुना आउन भने समय लाग्नेछ,’ पौडेल भन्छन्, ‘एकाध आएको भरमा व्यवसाय उकासिन्न, तर, समुहमा आउनका लागि केही समय पक्का लाग्नेछ ।’ २०२२ को अन्तिम तथा २०२३ पछि बल्ल पर्यटन आगमन पिकमा पुग्ने आँकलन रहेको उनले सुनाए ।  

‘२०२१ र २०२२ मा मुख्य समुह नचल्दा व्यवसायी फुर्सदिला हुने पक्का छ । एकाध पर्यटक आउन थालेको र आउँछन् पनि, तर, ठुलो संख्यामा र निरन्तर आउनका लागि भने समय लाग्छ । व्यवसायीले २०२१ को अपेक्षा खासै गरेका छैनन,’ उनले भने, ‘२०२२ मा अपेक्षा छ, २०२३ मा बल्ल राम्रै आउने अनुमान छ ।’ व्यवसायको प्रकृति हेरेर पनि पर्यटकको समुह आउने सम्भावना रहने उनले बताए । ‘¥याफ्टिङमा समुह चाहिन्छ, तर, पदयात्रामा एकजनालाई पनि भिœयाएर ट्रेकिङ रुटमा पठाउन सकिन्छ,’ उनले भने, ‘हिजोको दिनमा आउने जस्तो ठुलो समुहको बुकिङ अहिले छैन ।’ यूरोपियन मुलुक अझै लकडाउनमा रहेकोले पनि तत्काल धेरै पर्यटक आउनेमा आशावादी हुन नसकिने उनले बताए । 

प्रकाशित: १५ फाल्गुन २०७७ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App