coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मदन भण्डारी राजमार्गः ८५ प्रतिशत निर्माण सम्पन्न, सिन्धुली सदरमुकाममा अन्यौलता कायमै

निर्माणधीन धरान—चतरा—सिन्धुली—हेटौँडा सडकको पश्चिम खण्डमा काम हुँदै । तस्बिर: अनिल/ भण्डारी

निर्माणधीन धरान—चतरा—सिन्धुली—हेटौँडा(मदन भण्डारी) राजमार्गको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ। सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग( धरान—चतरा—सिन्धुली—हेटौँडा बैकल्पिक सडक) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा भएपछि निर्माणले गति लिएको हो। राजमार्गको पूर्वी र पश्चिम दुबै खण्डको काम तीव्र गतिमै भइरहेको र हालसम्म ८५ प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको राजमार्गको पूर्वी र पश्चिम आयोजना कार्यालयले जनाएको छ।  

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको राजमार्गको दुबै खण्डमा करिब ८५ प्रतिशत सडक निर्माणको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। सडक तर्फकोे काम ८५ प्रतिशत बढी प्रगति भइसकेको छ, आयोजनाका पश्चिम खण्ड प्रमुख अर्जुन अर्यालले भने, 'हामीले काम तीव्र गतिमा गरिहेका छौ।' उनले बागमतीमा एउटा पुल निर्माणधीन रहेको र सिन्धुली सदरमुकाममा ६ किलोमिटर सडक निर्माणमा हालसम्म अवरोध आएकाले सिन्धुलीको ग्वाङ खोलामा एउटा पुल निर्माण गर्न बाँकी रहेको बताए। 'सिन्धुलीको सदरमुकाम स्थित कमलामाई नगरपालिका ४ खट्टारदेखि धुराबजारसम्मको ६ किलोमिटर सडक निर्माणमा अवरोध कायमै छ,' उनले भने 'त्यो भन्दा बाहेक अन्य धेरै ठाउँमा सडक कालोपत्रे गर्ने काम नै सम्पन्न भइसक्यो।' पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्मको कुल ११५ किलोमिटर सडकमध्ये सिन्धुली सदरमुकाममा ६ किलोटिरमा विवाद कायमै छ। निर्माण कार्यको प्रगति पछिल्लो समय निकै अगाडी बढेको छ, आयोजना प्रमुख अर्यालले भने सिन्धुलीखण्डमा ६ किलोमिटर बाहेक अन्य स्थानमा एक महिनाभित्रै सबै काम सम्पन्न हुन्छ।  

यस्तै पुल तर्फको ९० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए। यद्यपी सिन्धुलीको धुराबजारदेखि खट्टारसम्म कहाँबाट सडक लैजाने अन्यौलनै छ। २०७३ साल कार्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समयमा समयवधि थप भइ २०७७ साल फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोनाका कारण निर्माणको अवधि पुन ६ महिना थप भएको दुबै आयोजनाले जनाएका छन्। यस्तै राजमार्गको पूर्वी खण्डमा ८५ प्रतिशत सडक निर्माणको कार्य र ९५ प्रतिशत पुल निर्माणको कार्य सम्पन्न भएको आयोजनाका पूर्वी खण्ड कार्यालयका सूचना अधिकारी इन्जिनियर शंकर पौडेलले बताए। 'पुलतर्फ यस खण्डमा तीन चरणमा ठेक्का सम्झौता भइ काम भएको हो,' उनले भने 'जसमध्ये पहिलो चरणमा ठेक्का लागेका ४४ ओटा मध्ये कमला नदीको एउटा बाहेक ४३ ओटा निर्माण सम्पन्न भइसकेका छन्। पूर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको १ सय ३४ किलोमिटर सडक मध्ये १ सय सात किलोमिटर कालोपत्रे भइसकेको छ।'  

तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखेर निर्माण थालिएको उक्त राजमार्गको निर्माणको जिम्मा पश्चिम खण्डमा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले र पूर्वी खण्डको जेट आइ.इसी शर्मा एण्ड लामा जेभीले निर्माणको जिम्मा लिएको छ। ११ मिटर चौडाई रहेको उक्त सडक दुई पत्रमा पिच हुनेछ। पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच हुने र त्यस माथि ७ मिटर चौडाइमा दोस्रो लेयरमा पिच हुने जनाइएको छ। पश्चिम खण्डको सिन्धुली सदरमुकामस्थित ६ किलोमिटर विवादको समस्या समाधान गर्न आफूहरु जुटिरहेकाले छिट्टै समस्याको समाधान हुने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए।

प्रकाशित: १२ फाल्गुन २०७७ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App