८ वैशाख २०८१ शनिबार
अर्थ

आन्तरिक पर्यटकलाई प्याकेज

पोखरा र नेपालगन्जबीच चार्टर उडान सुरु भएसँगै व्यवसायीले आन्तरिक पर्यटकलक्षित प्याकेज घोषणा गरेका छन्। नाट्टा गण्डकी च्याप्टरका अध्यक्ष सञ्जयकान्त सिग्देलले हवाई भाडा बाहेक नेपालगन्जबाट आएका पाहुनाले पोखरामा पाँच हजार रूपैयाँमा दुई रात बसोबास, खानपिन सहित, घुमघाम गर्न पाउनेछन्।  

नेपालगन्जले पनि १० हजार रूपैयाँको प्याकेज बनाएर पर्यटक घुमाउने तयारी थालेको छ। नेपालगन्ज र आसपासका पर्यटकलाई पोखरा ल्याउन र पोखरा तथा वरपरकालाई नेपालगन्ज सहित पश्चिमका गन्तव्यमा पठाउने पहलस्वरूप प्याकेज ल्याएको व्यवसायीले बताएका छन्। 

नाट्टा गण्डकी र नेपालगन्ज च्याप्टरको साझेदारीमा एकअर्को गन्तव्यको प्याकेजमा पर्यटक घुमाउने योजना अघि सारिएको हो।  यसबाट पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने व्यवसायी बताउँछन्। 

यी दुई गन्तव्यबीच सीता एयरको डोर्नियर जहाजबाट चार्टर उडान थालिएको छ। उडान सातामा दुई दिन (आइतबार र शुक्रबार) हुनेछ। एकतर्फी जहाज भाडा पाँच हजार रूपैयाँ तोकिएको छ।

प्रकाशित: ९ फाल्गुन २०७७ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App