coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

च्याउमा नविनतम प्रविधिको प्रयोगबारे अनुसन्धान

च्याउको उत्पादनमा नविनतम प्रविधि प्रयोगको सम्भाबनाबारे अनुसन्धान थालिएको छ । हाल परम्परागत प्रविधिबाट मात्रै उत्पादन गरिएको च्याउको उत्पादनमा नविनतम प्रविधि प्रयोग गर्दा हुनसक्ने उत्पादनको बृद्धिको सम्भावनामाथि अनुसन्धान थालिएको हो ।  

नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्त) को आयोजनाको रुपमा अनुसन्धान थालिएको हो । इम्प्मिेन्टेसन अफ आईओटी एण्ड एआई टु इनह्यान्स दी प्रोडोसिग एण्ड क्वालिटी अफ मसरुम टाइटलमा नेपाल इन्जिनियनियरि कलेज दुवाकोट चााँंगुनारायण भक्तपुरमा प्रविधिबारे अहिले अनुसन्धान भइरहेको हो । यसका लागि कलेजको व्लक वी भबनको अगाडि एउटा नमूना टहरा बनाइएको छ । त्यस अनुसार त्यहाँं एकै ठाउँंमा दुई वटा टहरा बनाइएको छ । जसमा एउटामा प्राकृतिक रुपमै हावापानी प्रवेश गर्ने गरी झ्याल ढोका, प्वालहरु बनाइएको छ भने अर्काेमा पूरै वन्द गरिएको छ ।  

अनुसन्धानको काममा अहिले त्यहाँं दुई जना एसिस्टेन्ट प्रोफेसरहरु लागिपरेका छन् । कलेजकै इलेक्टोनिक्सका एसिस्टेन्ट प्रोफेसर बिजय श्रेष्ठ र दीपेशप्रकाश गुरागाई लागिपरेका हुन् ।  

नेपाल इन्जिनियरि कलेजका एसिस्टेन्ट प्रोफेसर एवं अनुसन्धानकर्ता विजय श्रेष्ठका अनुसार एकैठाउँंमा जोडिएर रहेका दुई वटा टहराहरुमध्ये एउटामा प्राकृतिक रुपमै हावापानी आवातजावत हुने गरी प्रबन्ध मिलाइएको छ भने अर्काेमा प्रविधिको प्रयोग गरी तापक्रम मिलाइनेछ ।  

अनुसन्धानमा संलग्न कलेजकै अर्का एसिस्टेन्ट प्रोफेसर दीपेशप्रकाश गुरागाईले ती दुवैमा च्याउको उत्पादन गरिने जनाए । एउटामा प्राकतिक रुपमा तापक्रम र अर्काे प्रविधिको प्रयोग गरी तापक्रम मिलाउँंदा च्याउको उत्पादन हेरिनेछ । यसपछि त्यसको प्रयोगको पुष्टी हुनेछ । दुवैमध्ये आधुनिक प्रविधिबाट तापक्रम मिलाइएकोमा वढी फलाउन सकिन्छ कि सकिंदैन भन्ने निष्कर्ष अनुसन्धानपछि देखिने जनाइएको छ ।  

उनीहरुको अनुसार आयोजनाको काम जेठ असारबाटै सुरु गरिने भए पनि कोरोनाका कारण मंसिरतिरबाट मात्रै आयोजनाको काम सुरु भएको थियो । आयोजनाको काम एकवर्षभित्र सकाउने योजना छ । यस अनुसार अनुसन्धानको रिजल्ट अर्काे वर्षको मंसिरमा मात्रै आउनेछ ।  

अनुसन्धानले राम्रो प्रतिफmल आउने उपयोगी हुने विश्वास गरिएको छ । आधुनिक प्रविधिको प्रयोग गरेर वढी च्याउ फल्ने विश्वास गरिएको छ । यदि त्यसो हो भने यो प्रविधि कम खर्चमै सवै च्याउ उत्पादन गर्ने किसानले उपयोग गर्न सकिने जनाइएको छ ।  

हाल च्याउको उत्पादन गर्दा सामान्य रुपमै प्लाष्टिक, पराल आदिबाट छाप्रो बनाउने र त्यसको लागि आवश्यक हावापानी प्राकृतिक रुपमै मिलाउने गरिन्छ । साथै परम्परागत प्रविधिबाट च्याउ उत्पादन गर्दा पानी दिने पनि गरिन्छ । हावापानी मिलाउनुपर्ने भएको कारण अहिले च्याउको उत्पादन मौसमी छ । यदि यो अनुसन्धान सफलतामा टुंगिए १२ अ‍ै मास च्याउ उत्पादन गर्न सकिने छ ।

प्रकाशित: २ फाल्गुन २०७७ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App