coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

माथिल्लो चाकु–ए विद्युत उत्पादन तयारीमा

भोटेकोसी गाउँपालिकाको फूल्पिङकट्टीमा रहेको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाको उत्पादनगृह । तस्बिर : ध्रुव/नागरिक

निजी क्षेत्रको अगुवाइमा निर्मित २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाले उत्पादन तयारी थालेको छ ।  शिवश्री हाइड्रोपावर लिमिटेडको स्वामित्वमा रहेको आयोजनाले आउँदो एक सात्रा भित्र परीक्षण उत्पादन थाल्ने तयारी गरेको हो । योसँगै राष्ट्रिय प्रशारण लाइनमा तल्काल आठ मेगावाट विद्युत थपिने भएको छ । ‘अबको एक साताभित्र परीक्षण र त्यसको १५ दिनपछि व्यवसायिक उत्पादनमा जाने आयोजनाको तयारी छ,’ शिवश्रीका प्रवन्ध निर्देशक विष्णु खत्रीले नागरिकसँग भने ।  

नेपाल–चीन सीमावर्ती भोटेकासी गाउँपालिका–४ फूल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दुरीमा लामोसाँघुमा रहेको विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको सव–स्टेसनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिने शिवश्रीले जनाएको छ । हिउँदको सुख्खा मौसम भएकाले आयोजनाबाट तत्काल आठ मेगावाट विद्युत उत्पादन हुने प्रवन्ध निर्देशक खत्रीले बताए । ‘आगामी असारदेखि मात्र पूर्णक्षमतामा उत्पादन हुन्छ,’ उनले भने ।  

फूल्पिङकट्टीको चन्द्राकुमा रहेको बाँधबाट दुई हजार पाँच सय मिटर लामो भूमिगत सुरुङमार्फत चाकु खोलो छिराइ चाङ्लेकट्टीस्थित उत्पादन गृहमा पु¥याइएको आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न हुँदा प्रतिमेगावट लागत २३ करोड रुपैयाँ पुगेको शिवश्रीका संस्थापक कार्यकारी अध्यक्ष तथा सल्लाहकार उमेश कसजूले जानकारी दिए । ‘निर्माण अवधि लम्बिँदा आयोजना केही महंगो पर्न गएको छ,’ उनले भने ।  

२०७३ भित्र सक्ने गरी २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो । २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाख १२ को भोटेकोसी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पु¥याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको कसजू बताउँछन् । उनका अनुसार भूकम्पले निर्माणाधीन आयोजनालाई धेरै क्षति पु¥याएको थियो ।  

शिवश्रीका अनुसार सिटिजन बैँक लिमिटेडको अगुवाइमा विभिन्न १२ बैंक तथा बित्तिय संस्थाले आयोजनामा तीन अर्व रुपैयाँ ऋण लगानी गरेका छन् । स्थानीयसहित सर्वसाधरणलाई २० प्रतिशत सेयर बितरण गरिसकेको आयोजनामा निजी क्षेत्र (संस्थापक) को एक अर्व ४७ करोड रुपैयाँ लगानी रहेको शिवश्रीका कार्यकारी अध्यक्ष बच्चु पौडेलले जनाए । शिवश्री र विद्युत प्राधिकरणबीच २०६७ मा पिपिए (विद्युत खरिद सम्झौता) भएको थियो । सम्झौताअनुसार प्राधिकरणले हिउँदमा सात र बर्खामा चार रुपैयाँ तिरेर प्रतियुनिट विद्युत खरिद गर्ने छ । 

प्रकाशित: १ फाल्गुन २०७७ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App