८ वैशाख २०८१ शनिबार
अर्थ

चरा महोत्सवमा एक हजार बढी पर्यटकद्वारा अवलोकन

चरा महोत्सवमा बाईनाकुलरले जगदीशपुर तालमा चरा हेर्दै पर्यटहरु ।

विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदिशपुर तालमा गरिएको आठौँ चरा महोत्सवमा हजार बढी पर्यटकले चरा अवलोकन गरेका छन्। २५ औँ सिमसार दिवसका अवसरमा गरिएको चरा महोत्सवमा चरा हेर्न आउने पाहुनालाई नजिकबाट चरा हेर्नका लागि आयोजना गरिएको थियो। तालको पश्चिपट्टी निर्माण गरिएको भ्यु टावरबाट पर्यटकहरुले चराको अवलोकन गरेका थिए। पर्यटकलाई लक्षित गरी ४ बाईनाकुलर जडान गरेर राखिएको थियो।  

ताल र चराका विषमया नेपाल पंक्षी संघका देबबहादुर रानाले तालमा देखिने आगन्तुक चराका बारेमा जानकारी गराएका थिए। चरा आएको देश र ठाउँ, प्रजाति भन्दै चरा अवलोकन गराएका थिए। त्यस्तै उनले चराको महोत्सव बताउँदै त्यसको जर्गेना गर्नुपर्ने कारण पनि बताएका थिए। चरा हेर्न छिमेकी जिशलला रुपन्देही बुटवल भैरहवाबाट पनि सर्वसाधारण र विद्यार्थी आएका थिए।  

सधै कार्यालयको कामबाट फुर्सत नहुने प्रजिअ दीर्घनारायण पौडेलले समय झिकेर धीत मर्ने गरि चरा हेरेर आनन्दित भएको बताए। ‘पंक्षीहरुले भरिभराव तालमा चराको चिरबिरले निकै रमाईलो लाग्यो’ बाईनाकुलरले चरा हेर्दै उनले भने। यस्तै शान्ति सुरक्षामा सधै ब्यस्त रहने प्रहरी उपरीक्षक नवराज अधिकारीले जगदीशपुरमा चरासहितको मनमोहक दृष्यले आफूलाई निकै सन्तुष्टी मिलेको बताए। श्रीमतीसंगै तालमा पुगेका प्रहरी उपरीक्षक अधिकारीले चरा जल विहार, चिरबिराहट र जलक्रिडाले आफू निक्कै रोमाञ्चित भए।’ एकैछिनमा ३० बढी प्रजातिको चरा देखेपछि मनै फुरुङ भएको प्रदेश सदस्य बिष्णु पन्थीले बताए। ‘चरा हेरर शान्तिको अनुभूति पाए, बुद्ध शिक्षाबाट शान्ति आउँछ भन्ने मलाई चरा हेरेरै शान्तिको अनुभूति गर्न सकिन्छ भन्ने नयाँ अनुभव गरे।’ चरा  

महोत्सवम हेर्न धेरै संचारकर्मी पनि पुगेका थिए। चरा पर्यटनको गन्तब्य बनाउन तालमा चरा महोत्सव गरिएको आयोजक जगदीशपुर जलासय बहुसरोकार मंचका अब्दुल रसिद खाले बताए। जगदीशपुर ताल बहुसरोकार मंचद्वारा आयोजित कार्यक्रममा अतिथिहरुले चरा संरक्षण गरेर पर्यटकीय गन्तब्य बनाउन सबै लाग्नु पर्ने कुरामा जोड दिइएको थियो। तालमा चरा र माछाको चोरी शिकारी नियन्त्रणमा ठोस कदम चाल्नु पर्ने सहभागीहरुले बताए। जैविक विविधता र चराको महत्व मात्रै देखाउन योजना बनाएर लाग्न सकियो भने स्थानीयको राम्रो आर्यआर्जन हुने प्रजिअ पौडेलले बताए।  

मंचका अध्यक्ष ललित गुरुङले तालमा अझैसम्म सरोकारवाला निकायको ठोस सहयोग नहुँदा दिगो विकास हुन नसकेको गुनासो गरे। उनले तालको विकासमा सबैले चासो लिनु पर्ने बताए। तालमा डुँगा चलाउँदा मानव गतिबिधि बढेकोले यस वर्ष चराको संख्यामा कमी आएको भन्दै चराविद्हरुले चिन्ता  ब्यक्त गरेका छन्। १ सय ५७ हेक्टरमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो। तालमा १ सय ८ बढी प्रजातिका चरा, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने पंछी संरक्षण संघले गरेको अध्ययनले देखाएको छ।  

विश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चराहरु पनि यहाँ देख्न पाइन्छ। तालमा १० प्रकारका स्तनधारीहरु पनि देख्न पाइने बरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए। ताल नेपालमा पाइने २७ प्रजातिका चराका लागि महत्वपूर्ण क्षेत्रका रुपमा रहेको छ। ताल पर्यटकीय र जैविक बिबिधताले निक्कै महत्वपूर्ण छ।

प्रकाशित: २१ माघ २०७७ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App