७ वैशाख २०८१ शुक्रबार
अर्थ

चार सयले बढ्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्वि भएको छ। छापावाला सुन तोलामा ४ सय रुपैयाँले वृद्वि भई ९२ हजार ८सय रुपैयाँ पुगेको छ। छापावाल सुन सोमबार तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो।  

यस्तै तेजाबी सुन तोलामा ४ सय रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तोलामा ९१ हजार ९ सय रुपैयाँमा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।  

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ। तोलामा एक हजार २ सय६० रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार २ सय ५५रुपैयाँमा मूल्य निर्धारण भएको छ।

प्रकाशित: १३ माघ २०७७ ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App