८ वैशाख २०८१ शनिबार
अर्थ

सुठौली भन्सारमा बार्षिक लक्ष्यको झन्डै ढेड गुणा राजस्व संकलन

कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा नै बार्षिक लक्ष्य भन्दा बढी रकम उठेको छ। भन्सारमा अर्ध बार्षिक अवधि मै बार्षिक लक्ष्यको करिब ढेड सय प्रतिशत रकम संकलन गरेको हो। बार्षिक लक्ष्यको १ सय ४६ दशमलव ९९ प्रतिशत उठेको हो। साउनदेखि पुससम्म भन्सारमा ७८ करोड ५० लाख ८ हजार १६७ रुपैयाँ संकलन भएको भन्सार सूचना अधिकृत सरिता पोख्रेलले बताइन्। भन्सारमा यति धेरै राजस्व सकंलन भएको यो पहिलो पटक हो। ६ महिनाका लागि २७ करोड २५ लाख ७१ हजार तोकिएको थियो।  

यस्तै चालु आर्थिक वर्षका लागि ५३ करोड ४० लाख ३० हजार लक्ष्य तोकिएको छ। सबै भन्दा बढी पुस महिनामा १७ करोड २० लाख ५७ हजार ५१५ संकलन भएको छ। पुसका लागि ४ करोड ९९ लाख ६४ अहजार लक्ष्य तोकिएको थियो। साउनमा १० करोड २४ लाख १५ हजार, भदौमा ११ करोड ५७ लाख र असोजमा १४ करोड १९ लाख राजस्व उठेको भन्सार प्रमुख रमेश खडकाले बताए।

स्तरोन्नती भएको २० महिनापछि सुठौलीमा अहिले राजस्व संकलन राम्रो भएको उनले बताए। कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बीचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उनले बताए। कोरोना भाइरसको बेला समेत बार्षिक लक्ष्य ६ महिनामा नै पार गर्नु राम्रो संकेत भएको उनले बताए। उनले यही रफ्तारमा राजस्व संकलन भए एक अर्बको आकडा पार हुने बताए। ‘भन्सारमा राजस्व असुली राम्रो भएको छ अब यो भन्सारको भौतिक अवस्थामा समेत सुधार गरिए अझै राम्रो हुन्छ’ उनले भने।  

भन्सारका लेखापाल मदन पाण्डेयले ६ महिनामा नै ७८ करोड राजस्व उठाएर यो भन्सारले रकडै कायम गरेको बताए। भन्सारमा धान, चामल, गहुँ, मकै तरकारी तथा फलफूल, कोइला टायल्स र मार्बल पैठारी हुने गरेको छ। २०७६/०७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैयाँ राजस्व संकलन भएको थियो।

प्रकाशित: ९ माघ २०७७ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App