७ वैशाख २०८१ शुक्रबार
अर्थ

उद्योग वाणिज्य महासंघ प्रदेश १ को पदस्थापन

नव निर्वाचित पदाधिकारीको पदस्थापन गरिंदै । तस्बिरः चुमन बस्नेत/नागरिक

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को  पदस्थापन गरिएको छ।  विराटनगरमा महासंघले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन गरेको हो।  

पदस्थापन लगत्तै नव निर्वाचित अध्यक्ष टिकाराज ढकालले ३ जनालाई कार्यसमिति सदस्यमा र तीन जनालाई आमन्त्रित सदस्यका रुपमा मनोनित गरेका छन्। कार्यसमितिमा महिला तर्फ सरु केसी अन्यमा कुमारमणी पोखरेल र पशुपति बराल छन्।

यस्तै आमन्त्रित सदस्यमा देवकिनन्दन अग्रवाल, भविश श्रेष्ठ र दिपक पाण्डे मनोनित भएका छन्। उद्योग वाणिज्य महासंघ प्रदेश १ को झापामा सम्पन्न अधिवेशनले टिकाराज ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। कार्यसमितिमा जिल्ला नगर उपाधयक्ष भीमबहादुर पौडेल, एशोसियट उपाध्यक्ष राजेन्द्र राउत र कोषाध्यक्ष रमेश राठी निर्वाचित भएका थिए। यस्तै जिल्ला नगर कार्यकारीणी सदस्यमा युवराज शाक्य, वीरेन्द्रकुमार साह,प्रितम खड्गी,कुमार भट्टराई,भुपाल कटुवाल, राजन श्रेष्ठ, सुभाष आचार्य, रविन दाहाल र श्रवण अग्रवाल छन्।  

कार्यक्रममा अध्यक्ष ढकालले १५ बुंदे कार्ययोजना पनि सार्वजनिक गरेका छन्। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले लगानी भित्राउने प्रयास भइरहेको भए पनि सरकार र निजी क्षेत्रविच समन्वय हुन नसकेको भन्दै निजी क्षेत्रको स्रोत छरिएर रहेको हुँदा त्यसलाई समेट्नुपर्नेमा जोड दिए।  

उनले निजी क्षेत्र र सरकारवीच लगानी साझेदारी हुनसके देश आर्थिक विकासको दिशामा अघि बढ्ने बताए। कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपध्यक्ष राजेन्द्र राउत, निवर्तमान अध्यक्ष नरेन्द्र खड्का लगायतले प्रदेश १ मा प्रयाप्त संभावना भएकाले लगानीकर्ता आकर्षित गर्न सरकारले विशेष प्याकेज ल्याउनुपर्ने धारणा राखे। 

प्रकाशित: ८ माघ २०७७ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App