७ वैशाख २०८१ शुक्रबार
अर्थ

सहमति अनुसार भुक्तानी नपाएपछि उखु किसानद्वारा आन्दोलन घोषणा

सरकारसँग भएको सहमति अनुसार सम्पूर्ण बक्यौता रकम भुक्तानी नपाएको भन्दै उखु किसानले पुन: आन्दोलन घोषणा गरेका छन्।

सरकारले उखु किसानसँग २१ दिनभित्र बक्यौता रकम भुक्तानी गराउने सहमति गरेको थियो। सरकारसँगको सहमतिपछि किसानहरुले काठमाडौंमा जारी आन्दोलन अन्य गरेका थिए।  

किसान र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको सहमति अनुसार किसानले माघ ५ गतेभित्र भुक्तानी पाइसक्नु पर्ने थियो।  

मन्त्रालयले मौखिकरुपमा गराएको जानकारी अनुसार ६५ करोड कबुल गरेको रकम मध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड रकम पनि मन्त्रालयको नियन्त्रण आएको जनाए पनि यसको त्यसको विवरण सार्वजनिक हुन नसक्दा शंका गर्ने ठाउँ रहेको उखु किसान संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

किसानले भुक्तानी पाउनु पर्ने यकिन रकमको विवरण उधोग र उद्योगीहरुसँगै रहेकोले सो अनुसार किसानको सम्पूर्ण रकम किसानहरुको खातामार्फत भुक्तानी गरीसकेको विश्वसनीय र सप्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म न्यायीक संघर्षको आन्दोलन जारी रहने जनाएका छन्।

 

प्रकाशित: ८ माघ २०७७ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App