coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

धार्चेमा पर्यटन महोत्सवको तयारी

¥याफ्टिङ, रकक्लाइबिङ र जिपलाईनमा रमाउन पाइने

गोरखाको धार्चे गाउँपालिकामा माघ १५ देखि २५ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । धार्चे गाउँपालिका–३ को प्रख्यात तातोपानी कुण्डमा विषेश मेला लाग्ने समय पारेर पर्यटन महोत्सव गर्न लागिएको धार्चे पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक मनिलाल गुरुङले बताए ।  

मंगलबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवको अवसरमा तातोपानीदेखि माछखोला हुँदै खानीबेसीसम्म ¥याफ्टिङ संचालन गरिने जनाएको छ । प्रतिदिन ८० जना भन्दाबढिलाई ¥याफ्टिङ गराउन सकिने कार्यक्रम संयोजक गुरुङले बताए । यसका लागि प्रतिब्यक्ति एकहजार शुल्क तोकिएको छ ।  

वडानम्बर ७ को नौलीखोलामा २० र १० मिटर गरी दुई खण्डमा क्यान्योनिङ संचालन हुनेछ । एकदिनमा ४५ जना सम्मले क्यान्योनिङ गर्न सक्ने र यसका लागि पाँचसय रुपैयाँ लाग्नेछ । वडानम्बर ६ को काशिगाउँबेसीमा रकक्लाईबिङ संचालन हुनेछ । यसका लागि एकसय ५० रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ । खोर्लाबेसीमा करिब ५० मिटर दुरीको जिपलाईन खेल पनि संचालन गरिनेछ ।  

‘शाहसिक खेलका लागि पनि धार्चेमा सम्भावना छ भन्ने पहिचान गराउन बिभिन्न गतिविधि सहित महोत्सव गर्न लागिएको हो,’ कार्यक्रम संयोजक गुरुङले भने । मेला संचालन गर्न १८ लाख रुपैयाँ खर्च लाग्नेछ । उक्त रकम टिकट बिक्री र बिभिन्न संघ संस्थाबाट सहयोग लिईने उनले बताए । महोत्सवमा दैनिक तीन देखि पाँच सय जना अवलोकनकर्ता आउने अनुमान आयोजकको छ । ‘मेलाले धार्चे गाउँपालिकाको पर्यटन प्रर्वद्धन गर्न सहयोग पु¥याउनेछ,’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ‘यस अघि गाउँपालिकाले रक क्लाइम्बिङ, क्यान्योनिङ, ¥याफ्टिङको सम्भाव्यता अध्ययन र तालिम दिईसकेकाले सजिलो हुनेछ ।’  

धार्चे गाउँपालिकाको उक्त क्षेत्र मनास्लु पदमार्ग भित्र पर्ने भएकाले त्यहाँ जाने बिदेशी पर्यटकले पनि यी गतिविधिको मज्जा लिन पाउने हुँदा स्थानीयले व्यवसायिक रुपमा संचालन गर्नसक्ने अध्यक्ष गुरुङले बताए । ‘यहाँका स्थानीयलाई रोजगारीको अवसर सिर्जना गर्न गाउँपालिकाले पूर्वाधार र सीप सिकाउनमा जोड दिएको छ’ उनले भने ।  

धार्चे गाउँपालिकामा पर्वतारोहण तालिम लिएका ८० जना, माउण्टेन गाईड ४ जना, सगरमाथा आरोही ८ जना, पर्वतारोहण सम्बन्धि प्रशिक्षक ४ जना छन् । पर्यटन क्षेत्रमा काम गर्ने जनशक्ति धेरै भएकाले उनीहरुको सहयोगबाट गाउँपालिका भित्र पनि गतिविधि तिब्र बनाउन सकिने गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङले बताईन । महोत्सव पनि धार्चे गाउँपालिकाको पर्यटकीय गन्तव्यको थप प्रचार हुने अपेक्षा गाउँपालिकाको छ ।  

 

प्रकाशित: ६ माघ २०७७ १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App