१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिन अर्थमन्त्रालय असहमत

फाइल तस्वीर

सरकारले ट्राफिक प्रहरीको दिदै आएको प्रोत्साहन भत्ता रोकेको छ। साेमबार अर्थमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्दै भत्ता तत्काल उपलब्ध गराउन नसक्ने भन्दै रोकेको हो। सरकारले ट्राफिक प्रहरी व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गर्दे ट्राफिक भत्ता दिने कार्यविधि समेत पास गरिसकेको थियो। तर, अर्थमन्त्रालयले भने खर्च मितव्यीता कार्यविधिलाई कोट गर्दै तत्काल सो भत्ता उपलब्ध गराउन नसक्ने जनाएको हो। ‘अर्थ मन्त्रालयबाट आज एउटा पत्र आएको छ खर्च मितव्यीय बनाउने भन्दै ट्राफिकलाई दिइने भत्ता निकासा नहुने भनिएको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो। 

२०७६ साल बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरेपछि केही समय ट्राफिक प्रहरीले भत्ता पाएपनि कोरोना संक्रमण अघि नै उनीहरुको भत्ता रोकिएको थियो। कोरोना संक्रमणपछि नेपाल सरकारसँग भएको बजेट र सोही कार्यविधिलाई आधार मानेर प्रहरी प्रधानकार्यालयले ट्राफिक प्रहरीको भत्ता सूचारु गर्न सरकारलाई आग्रह गरेको थियो। 

तर, अर्थमन्त्रालयले साेमबार दिउँसो पत्रचार गर्दै सो भत्ता तत्काल उपलब्ध गराउन नसक्ने जनाएको छ। २०७५ सालको कार्यविधि अनुसार ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि गृहमन्त्रालयमा लगेको थिए। गृहकै जोडबलमा अर्थले सहमति दिएपछि सो कार्यविधिलाई स्वीकृत गरेको थियो।

प्रकाशित: ५ माघ २०७७ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App