८ वैशाख २०८१ शनिबार
अर्थ

५ महिनामा २ करोडको अवैध सामान बरामद

कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द भन्सार नाका अहिलेसम्म सञ्चालनमा आउन नसके पनि भारतबाट तस्करी भने भइरहेको देखिएको छ। गत पाँच महिनामा मात्र रौतहट प्रहरीले करोडौंको सामान बरामद गरेबाट नेपाल भारत सीमाक्षेत्रमा तस्करी भइरहेको प्रमाणित भएको हो।  

गत साउनदेखि मंसिर महिनासम्म रौतहट प्रहरीले एक करोड ९१ लाख ५२ हजार ८२ रूपैयाँ बराबरको विभिन्न सामान बरामद गरी सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि बुझाएको छ। तस्करले अवैधरूपमा भित्र्याएको सामग्री विभिन्न समयमा र विभिन्न स्थानबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

सामानको तस्करीमा संलग्न रहेका २७ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी गराएका छन्। यसै गरी आर्थिक प्रलोभनमा परी तस्करसँग साँठगाँठ गर्ने पाँच प्रहरीलाई बढुवा रोक्का गर्नुका साथै नसिहतको सिफारिश गरिएको पनि एसपी शाहको भनाइ छ।  

उक्त अवधिका जिल्लामा ४९ सवारी साधनलाई प्रहरीले पक्राउ गरेको हो। तस्करीको सामान ओसारपसार गर्नमा तस्करले प्रयोग गरेको पिकअप, ट्र्याक्टर, मोटरसाइकल, साइकल र ट्रकसमेत प्रहरीले पक्राउ गरेको छ। फरार अभियुक्तलाई पक्राउ गर्न रौतहट प्रहरीलाई ठूलो सफलता मिलेको छ। गत पाँच महिनाको अवधिमा रौतहट प्रहरीले २६ जनालाई फक्राउ गर्न सफल भएको छ। 

फरार अभियुक्तबाट ८० लाख ५७ हजार रूपैयाँ राजस्व असुल तथा १२ वर्ष सात महिना ६ दिन कैद भुक्तान असुल भइरहेको जानकारी एसपी शाहले गराएका छन्।

प्रकाशित: ४ माघ २०७७ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App