६ वैशाख २०८१ बिहीबार
अर्थ

हिमालयन बैंकले १४ प्रतिशत बोनस शेयर बाँड्ने

हिमालयन बैंक लिमिटेडको अठ्ठाइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको बार्षिक साधारण सभा भिडियो कन्फ्रेन्सबाट संचालन गरिएको थियो।  

उक्त साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश  

(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने छ।  

सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो।   हाल, बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ एटीएम संचालनमा छन्। समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई रु. १ खर्ब ३१ अर्ब ८६ करोड ३ लाख पुगेको छ। कर्जा सापट ९.२५ प्रतिशतले बढ्न गई रु. १ खर्ब ७ अर्ब २९ करोड ४८ लाख पुगेको छ। यस अबधिमा बंैकको निष्कृय कर्जा १.०१ प्रतिशतमा सिमित गरिएको छ।  

 

प्रकाशित: १ माघ २०७७ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App