coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सुरु

नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेको छ। कोषले अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेसँगै अब कार्यालय नआइकनै सेवा लिन सकिने भएको छ। कोषले यो सेवा लिनको लागि एचटिटिपी एनएलके डट ओआरजी डट एनपी होम ब्राउजरमा गएर ई–सर्भिसमा क्लिक गरेर सेवा लिन सकिने जनाएको छ।

यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएकोले इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिले सजिलै सहभागी हुन सक्ने कोषले जनाएको छ। ‘यस योजनामा आय आर्जन गर्ने जो सुकै, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण, गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन्,’ कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसमा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक पाँच सय रूपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्नेछन्।’  

कोषले बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक रूपमा पनि रकम जम्मा गर्न सकिने विशेषता रहेको जनाएको छ। पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ। बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्षपश्चात समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्नेछन्।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रूपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन्। सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको छ।

प्रकाशित: २८ पुस २०७७ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App