८ वैशाख २०८१ शनिबार
अर्थ

पोखरा उद्योग वाणिज्य संघमा कोइराला समुह

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । संघको आईतबार राती अबेर सम्पन्न मतगणनामा प्रतिष्पर्धी विन्दु कोइराला सुवेदीलाई ४ सय १० मतले पराजित गर्दै कोईराला अध्यक्षमा विजयी भएका हुन् ।  

अध्यक्षमा निर्वाचित कोइराला निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने पराजित सुवेदी निवर्तमान उद्योग तर्फकी उपाध्यक्ष हुन् । कुल २ हजार ३ सय ६५  मत खसेकोमा विजयी कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गरे । सुवेदीले ९ सय ६५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

संघको अन्य पदाधिकारीमा पनि नारायण कोइराला समुहको वर्चस्व रह्यो । संघको वरिष्ठ उपाध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिव तथा कार्यकारिणी सदस्य मध्ये सातसदस्य कोइराला प्यानलले जितेको छ । उद्योगतर्फको उपाध्यक्षमा स्वतन्त्रले जित्दा विन्दु कोइराला सुवेदी प्यानलका २ जनाले कार्यकारिणी सदस्यमा जितेका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा पवन प्रजापति निर्विरोध निर्वाचित भए । कोइराला प्यानलबाट उमेदवारी दिएका उनीविरुद्ध कसैले पनि उमेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । संघको उद्योगतर्फको उपाध्यक्षमा स्वतन्त्र उमेदवार गोकर्ण कार्की कोइराला प्यानलका चिनुकुमारी गुरुङलाई ३ सय १३ मतले पराजित गर्दै विजयी भए । विजयी कार्कीले १ हजार ३ सय २७ मत पाउँदा पराजित गुरुङले १ हजार १४ मत प्राप्त गरिन् ।

वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल विजयी भए । कोइराला प्यानलका निवर्तमान महासचिव पोखरेलले सुवेदी प्यानलका सोवित पौडेललाई १ सय ४८ मतले पराजित गर्दै विजयी भएका हुन् । पोखरेलले १ हजार २ सय ४४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी पौडेलले १ हजार ९६ मत प्राप्त गरे ।

महासचिवमा सुरेन्द्रमान बिजुक्छे विजयी भए । कोषाध्यक्षमा कोइराला प्यानलकै बलराम आचार्य विजयी भए । उप महासचिवमा कोइराला प्यानलकै केशबबहादुर खत्री विजयी भए । संघको १० खुल्ला सदस्य पदका लागि भएको निर्वाचनमा कोईराला प्यानलकी शोभा गौतम, देवेन्द्र केसी कुमारीमुना बास्तोला, हरिराज पन्त, भरत केसी, दीनेशचन्द्र बाँस्तोला विजयी भए । त्यस्तै पवित्रादेवी गुरुङ, उत्तममान बुद्धाचार्य, सुदीप प्रधानाङ्ग पनि विजयी भए ।  

वस्तुगततर्फ राजन गोंगजु, बलराम तिमिल्सिना, बालकृष्ण कोइराला र रुपनारायण भुजेल बिजयी भए । एशोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

 

प्रकाशित: २७ पुस २०७७ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App