जिल्लामा सञ्चालित क्रसर उद्योग बुधबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वको सुरक्षा प्रमुखहरुको टोलीले स्थलगत अनुगमन गरेका छन्। सरकारले जारी गरेको मापडण्ड अनुसार क्रसर सञ्चालन भए नभएको बुझ्नका लागि प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल नेतृत्वको सुरक्षा टोलीले अनुगमन गरेका हुन्। मापदण्ड अुनसार क्रसर उद्योगहरु सञ्चालन आए नआएको बुझ्न अनुगमन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललले बताए।
अनुगमनको क्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई क्रसरहरु राजमार्ग, विद्यालय र बस्तीबाट कति दुरीमा रहेको त्यस बारेमा लिखित रुपमा जानकारी गराएन निर्देशन दिएको प्रजिय नेपालले बताए।
ढुंगा रोडा उद्योग दर्तासम्बन्धी ऐनअन्तर्गत दर्ता हुने यो उद्योग स्थापना स्थल गाउँ–बस्ती, शिक्षण संस्था, धार्मिक, सांस्कृतिक, सुरक्षा पोस्ट, वन, निकुञ्ज, आरक्षबाट दुई किलोमिटर टाढा र खोला, नदी किनार तथा राजमार्गबाट पाँच सय मिटर टाढा हुनु पर्ने नियम रहे पनि यी अधिकाँश उद्योगहरुले मापडण्ड पुरा नगरेको देखिएको प्रजिय नेपालले बताए।
निजगढ नगरपालिकाबाट क्रसरहरुको अवस्था लिखित रुपमा प्राप्त भएमा थप कारवाहीको लागि गृहमन्त्रालयमा पठाउने र गृहबाट प्राप्त हुने निर्देशन अनुसार क्रसरलाई कारवाही गरिने प्रजिय नेपालको भनाई छ।
निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले नगर क्षेत्रमा सन्चालन गरिएको क्रसर र बालुवा प्रशोधन केन्द्रलाई मापदण्ड र व्यवस्थित गर्नको लागि नगरपालिका लागेको बताएका छन्।
वडा नम्बर १० मा पर्ने बकैया खोलाले कटान गरेको स्थानमा उद्योगग्रम स्थापन गरेर ती सबै क्रसर उद्योगहरु त्यही लैजाने तयारी गरिएको खनालले बताए।
क्रसर उद्योगले निजगढका हजारौ बेजगारहरुलाई बेजगारी दिएको र नगरपालिकाको राजश्व समेतको समेत मुख्य स्रोत रहेकोले अहिले मापडण्ड पुरा नगरेका क्रसरहरुलाई मापडण्डमा राखेर चलाउन क्रसर व्यवासायीहरु सहमत भएको प्रमुख खनालले बताए।
निजगढको क्रसर अनुगमनको क्रममा निजगढ नगर प्रमुख सुरेश कुमार खनाल, प्रमुख सुमन कुमार कार्की जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पगेनी लगाएतका सुरक्षा निकायका प्रमुख वा प्रतिनिधीहरुको सहभागिता रहेको थियो।
प्रकाशित: २४ मंसिर २०७७ १३:१८ बुधबार