८ वैशाख २०८१ शनिबार
अर्थ

खोटाङका किसानलाई २ करोड ४४ लाखको कृषि सामग्री

तस्बिर: नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ४ हजार ५३ घर किसानलाई बीउ तथा कृषि सामग्री वितरण गरिएको छ। नगरपालिकाको आग्रहमा जिवीकोपार्जन सहयोग कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग (एसडिसि)को सहयोगमा किसानलाई २ करोड ४४ लाख वरावरको कृषि सामग्री एबं बीउ वितरण गरिएको हो। कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजीकरणमा नगरपालिकाका १० रोपनीभन्दा कम जग्गा भएका किसानलाई हिल ट्यांक, प्लाष्टिक टनेल, सिड–स्प्रे, हजारी र बीउविजन वितरण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।  

गत वर्षको लामो खडेरीका कारण खाद्य संकट झेलेका किसानका लागि नगरपालिकाले राहत माग गरेको आधारमा एसडिसिले ठूलो परिमाणमा कृषि सामग्री एबं बिउ उपलव्ध गराएको हो। पानी संकलन गर्नका लागि ११ वडाका किसानलाई हिल ट्यांक, तरकारी खेतीका लागि प्लाष्टिक टनेल लगायतका कृषि सामग्री उपलव्ध गराइएको छ। अर्खौैलेका ३२५ जना, बाहुनीडाँडाका ३९४ जना, डिकुवाका ३८० जना, च्यास्मिटारका ३९७, वडहरेका २८८, दुर्छिमका ४५४, मंगलटारका ३४०, महादेवस्थानका ३३३, धितुङका ३४५, सल्लेका २१६ र राजापानीका ५८१ जना कृषकलाई कृषि सामग्रीका साथमा बीउबिजन वितरण गरिएको हो। किसानलाई उनीहरुले रोजेको कृषि सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ।  

एसडिसिबाट प्राप्त भएको कृषि सामग्री एबं बिउ कात्तिक २५ गतेदेखि अर्खौलेबाट वितरण सुरु गरिएकामा बाहुनीडाँडा पुगेर टुंग्याइएको मेयर राईले बताए। ‘गत वर्षको खाद्य संकटको समयमा हामीले संघीय सरकार, प्रदेश सरकार र एसडिसिलाई सहयोगका लागि आग्रह गरेका थियौँ, सोही आधारमा हामीलाई एसडिसिबाट सहयोग प्राप्त भएको हो,’ मेयर राईले भने, ‘तर हामीलाई संघीय सरकार र प्रदेश सरकारबाट सहयोग प्राप्त भएन।’ कतिपय वडामा मेयर राई र कतिपय वडामा उपमेयर बिमला राईले किसानलाई कृषि सामग्री तथा बीउ हस्तान्तरण गरेका थिए।  

प्रकाशित: २३ मंसिर २०७७ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App