७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनआइसी एसिया बैंकको सभा सम्पन्न

एनआइसी एसिया बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैंकले १९ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख पाँच हजार तीन सय ६६ रूपैयाँ पुगेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

सभाले आर्थिक वर्ष ०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आसार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक विवरणहरूउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको जनाएको छ । हाल बैंकले तीन सय ३० शाखा, चार सय ७० एटिएम, ९९ एक्सटेन्सन काउन्टर एवं ७४ शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा दिइरहेको छ ।

प्रकाशित: २२ मंसिर २०७७ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App