२२ फाल्गुन २०७७ शनिबार
अर्थ

भक्तपुर औद्योगिक क्षेत्रमा नाराबाजी

भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आइतबार स्थानीयले नाराबाजी गरेका छन। साथसाथै व्यवस्थापन कार्यालय अगाडि स्थानीयले १३ वटा मागसहित घेराउ पनि गरेका छन्।  

भक्तपुरको स्थानीय मौलिक साना तथा घरेलु उद्योग मात्रै सञ्चालन गर्ने उदेश्यले स्थापना गरिएको क्षेत्रमा क्षमता भन्दा बढी एवं स्वीकृत विनाका प्रदुर्षणयुक्त उद्योगहरु सञ्चालन भएको विरोधमा विरोध गरिएको हो। साथै विहान १० बजेदेखि ५ बजेसम्म मात्र सञ्चालन नगरी रातिको समयमा समेत उद्योगहरु सञ्चालन गर्दा समस्या परेको भन्दै स्थानीले विरोध गरेका हुन्।  

मजदुर नेता उपेन्द्र सुवालले उद्योग विकासको नाममा मानव स्वास्थ्यलाई हानी पुर्याउने किसिमका उद्योगहरु मानव बस्तीमै सञ्चालन गर्दा धेरै ठाउँहरुमा द्वन्द सिर्जना भइरहेको उल्लेख गरे। उनले उद्योग क्षेत्रभित्रका यस्ता उद्योगहरु स्थानान्तरण गर्नुपर्ने माग रहेको बताए।  

उनीहरुले भक्तपुर औद्योगिक क्षेत्रलाई साना उद्योग क्षेत्र कायम गर, नेपाल सरकारको प्रतिबद्धता कार्यान्वयन गर, औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर, धुवाँ, रसायन प्रदूषण फाल्ने उद्योगहरु अविलम्ब हटाउ , प्लाष्टिकजन्य उद्योगहरु बन्द गर, नियम विपरित संचालित उद्योगहरु अबिलम्ब हटाऊ, भ्रष्ट अधिकारीहरुलाई कारबाही गर, किसानको जग्गा किसानलाई नै फिर्ता गर, नियम बिपरीत उद्योग सञ्चालन गर्ने उद्योगीहरुलाई कार्बाही गर, धुँवा, धुलो फाल्न पाईन्दैन, जनता मार्न पाइदैन, मानव बस्ती बीच रहेका ध्वनि, धुँवा र रसायन प्रदूषण फाल्ने उद्योगहरु अबिलम्ब हटाउ, लगायतका नाराहरु लगाएका थिए।

प्रकाशित: २१ मंसिर २०७७ १८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App