धनकुटाको छथरजोरपाटी गाउँपालिकाकोे दुर्गम क्षेत्र मानिएको वडा नं. ३ को सिंभुवा गाउँमा ३७ करोड लागतमा औधोगिक ग्रामको निर्माण कार्य सरु भएको छ। संघीय सरकारको एक स्थानिय तह एक औधोगिक ग्रामको नीति अनुसार उद्योग मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत गाउँपालिकाले काम सुरु गरेको हो।
४८ रोपनी सरकारी जमिनमा निर्माणधिन ग्रामको आईतबार धनकुटाका संघिय सांसद राजेन्द्र कुमार राईले उत्घाटन गरेका छन्। ग्रामको उत्घाटन गर्दै सांसद राईले उक्त औधागिक ग्रामको स्थापनाले उक्त क्षेत्र तथा गाउँपालिकाको आर्थिक बिकासमा टेवा पुग्ने बताए।
चालु आर्थिक बर्ष २०७७/०८८ मा ९२ लाख बिनियोजित उक्त ग्राम निर्माणका लागि मोरङ जिल्लाको चिसाङ कन्ट्रक्सन एण्ड सप्लायर्सले ६३ लाख १२ हजार ३ सय ६५ रुपैंयाको ठेक्कामा काम सुरु गरेको हो।
ग्राममा यस बर्ष २ वटा ३ कोठे भवन, ३ सय मिटर वाल कम्पाउण्ड र १ सय ५० मिटर ग्राभेल सडक बन्ने गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बूले जानकारी दिए।अध्यक्ष लिम्बूले पछिपरेको क्षेत्र तथा गाउँबस्तीको बिकास गरेर जनसमुदायको जीवन स्तर उकास्न उक्त दुर्गम स्थानमा ग्राम निर्माण गर्न लागिएको जानकारी दिएका छन्।
धनकुटा बजार हुंदै यस क्षेत्र सम्म करिव १ अर्बकोलागतमा २३ किलोमिटर कालोपत्रे हुन लागेकोले पनि पछि परेको भनिएको यस क्षेत्रका आर्थिक र सामाजिक बिकासमा थप टेवा पुग्ने बताए। कुल ३७ करोड २ लाख ८९ लाख ८९ हजार ९ सय ५३ रुपैंया बराबरको डिपिआरमा निर्माण हुने उक्त ग्राममा ३३ वटा औधोगिक भवन लगाएत विभिन्न भौतिक संरचना बन्ने गाउँपालिकाका ईन्जिनियर दिपेश पौडेलले जानकारी दिएका छन्।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य शिव आङला लिम्बू, गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठ,नेकपा छथर गाउँपालिका अध्यक्ष ईन्द्रसारु मगर,नेकपा छथर वडा नं. ३ का ईन्चार्ज बिष्णु बहादुर भुजेल,अध्यक्ष डिल्लीश्वर लिम्बू, छथर जोरपाटी गाउँपालिका वडा नं. ३ र ४ का अध्यक्षहरु ज्ञान बहादुर लिम्बु,टेकबहादुर घिसिङ, केदारनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र चापागाई,जोरपाटी प्रहरी ईन्चार्ज छवी भण्डारी लगायतको उस्थिति रहेको थियो।
प्रकाशित: १६ मंसिर २०७७ ०८:१८ मंगलबार